काठमाडौँ- सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित बनेका जेनजी (न्भल श्) हरुले सोमवार राजधानीमा प्रदर्शन गरेका छन् । माइतीघरबाट सुरु भएको प्रदर्शन निषेधित क्षेत्र तोड्दै नयाँ बानेश्वरमा संसद् भवन घेराउसम्म घराउ गरेका थिए ।
प्रदर्शनकारीहरूले भ्रष्टाचारविरुद्ध नाराबाजी गर्दै सामाजिक सञ्जाल बन्दको विरोध जनाएका छन् । स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ । सोही क्रममा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको बताइएको छ । सरकारले कर्फ्यु जारी गर्नुका साथै नेपाली सेनासमेत सडकम परिचालन गरेको छ ।
सन् १९९७ देखि २०१२ को अवधिमा जन्मेका, हाल १३ देखि २८ वर्ष उमेर समूहका युवालाई जेनजी भनिन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एभरेस्ट होटलदेखि बिजुली बजार, मिन भवन हुँदै तीनकुने, आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालय र शंखमुल पुलसम्मका क्षेत्रमा कर्फ्यु लागू भएको जनाएको छ ।
