Logo

दुई वर्षपछि स्टलको लागि पाल आवश्यक पर्दैन : राज्यमन्त्री तामाङ



रामेछाप- सङ्घीय सरकारका उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)ले आगामी दुई वर्षपछि रामेछापको मन्थलीमा मेला महोत्सव गर्दा स्टल बनाउनको लागि पालको आवश्यक नपर्ने बताएका छन् ।

जिल्ला समन्वय समितिको नयाँ भवन निर्माण गर्न चालु आर्थिक वर्षको लागि १० करोड रुपैयाँ बजेट बिनियोजन भएको भन्दै क्रमागत रुपमा जिल्ला समन्वय समितिको भवन निर्माण गरिने बताए । जिल्ला समन्वय समितिको भवनको अण्डरग्राउण्डमा पार्किङ, र ६ सयदेखि ८ सय जना अटाउने क्षमताको हल निर्माण गरिने बताए । त्यसैगरी मेला महोत्सवको लागि सटरहरु निर्माण गरिने पनि राज्यमन्त्री बताङले बताए ।

जिल्ला समन्वय समितिको भवन निर्माणको लागि आलु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री तामाङले भने आगामी चैत्र भरीमा टेण्डर गरेर काम अगाडि बढाउने छौँ । चालु आर्थिक वर्षको उक्त बजेटबाट सम्भव भएजति ढलानको काम गर्ने पनि मन्त्री तामाङले बताए ।
मन्त्री तामाङले भने दुई वर्षपछि स्टलको लागि पालको व्यवस्था गर्नु पर्दैन अर्को दुई वर्षपछि मेला महोत्सव गर्दा सटरमा राख्न पाउनु हुनेछ । त्यो काम मेरै कार्यकालमा पूरा गर्नेछु उनले भने ।

मन्थली नगरपालिका–१ मा चौविसै घण्टा पानी दिने व्यवस्था गर्न लागेका छौँ, मन्त्री तामाङले भने खानेपानीमा १ रुपैयाँ र सिँचाइको लागि बिजुलीको महशुल २ रुपैयाँ हुँनुपर्छ भनेर मैले कुरा राखेको छ, त्यो कुरा विधेकमै व्यवस्था गर्नु पर्ने कुरा राखेको छ, मेरो यो प्रयास सफल भयो भने तपाईँहरुलाई भन्ने छु ।

त्यसैगरी रामेछाप जिल्लाभरी नै बिजुलीको कालो तारको लागि बजेटको व्यवस्था भई केही दिनमै कालो तार खरिदको लागि टेण्डर हुने पनि राज्यमन्त्री तामाङले जानकारी दिए ।
मन्त्री तामाङले आफ्नै कार्यकालमा रामेछाप जिल्लामा ९० प्रतिशत खानेपानीको व्यवस्था गर्ने बताउँदै खानेपानीको लागि आफूले सुनापति गाउँपालिकालाई २० करोड, मन्थली नगरपालिका– १ लाई ५ करोड, मन्थली २ र ३ लाई २० करोड र रामेछाप नगरपालिकाको साँघुटारलाई २० करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए ।

आगामी आर्थिक वर्षको लागि रामेछाप जिल्लालाई बजेटको राम्रो व्यवस्था गर्ने पनि मन्त्री तामाङको भनाइ छ । मन्त्री तामाङले भने– मन्त्रालयमा कृषि क्षेत्रलाई कसरी अगाडी बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । मलको विषमा पनि छलफल भइरहेको छ, त्यसैले अब कृषिको विकासमा लाग्नु पर्छ । । किसानलाई गाई भैँसीको व्यवस्था गर्ने । भैँसी चाइना पठाउने भन्ने सहमति भएको छ । कृषकले भैँसी पाल्ने र बुढो भएपछि चाइना पठाउँने बताउँदै मन्त्री तामाङ भने अब स्थानीय सरकार बाटो बनाउने काममा धेरै लाग्नुस्, कृषिको विकासमा लग्नुस् ।

नयाँ विधेकमा बाँदर र बँदेलले दुःख दिएको विषयमा छलफल भइरहेको छ । मैले दुई वर्ष पहिले नै बाँदरको परिवार नियोजन गर्ने कुरा हाउसमा उठाएको थिएँ, अहिले त्यही कुरा विधेकको रुपमा आउन लागेको छ । बँदेल नियन्त्रणको विषयमा पनि विधेकमा छलफल भइरहेको छ, मन्त्री तामाङले भने ।

त्यस्तै मन्त्री तामाङले केएमसी अस्पतालमा रामेछापवासीलाई २५ प्रतिशत छुटमा उपचार भइरहेको बताए । किर्तिपुरको जलन असपतालमा पनि ५० प्रतिशत छुटमा उपचार गराउने विषयमा छलफल भइरहेको बताए । क्यानर भएका रामेछापका बिरामीहरुको समेत निःशुल्क उपचार गर्न सम्झौताको तयारी गरिरहेको छु उने भने ।
मन्त्री तामाङले रामेछाप जिल्लामा राम्रो कलाकार नभएकाले मेला महोत्सवमा बाहिरबाट कलाकार ल्याउनु परेको भन्दै जिल्लामै कलाकार उत्पादन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्