
रामेछाप- रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जिल्ला प्रशासन कार्यालय रामेछापमा नागरिकता सम्बन्धी ४०÷४५ वटा फाइलहरु सङ्कास्पद् फाइल आएको बताएका छन् । सक्कली नागरिकता केरमेट गर्ने, नाम सच्याउने, सामाजिक सुरक्षा भत्ता खान प्रयोग गर्ने र कतिपय त पेन्सन खानमा समेत प्रयोग भएको पाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रजिअ पौडेलले उक्त कुरा यही पौष १९ गते जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बताएका हुन् । नागरिकतामा नाम परिवर्तन गरेको समेत पाइएको प्रजिअ पौडेलले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको नाम सच्याउने, थर संशोधन गर्ने लगायतका सेवामा झन्झट भएको भनि नागरिकबाट आएको गुनासाहरुको बारेमा पनि सार्वजनिक सुनुवाइमा प्रश्न उठेको थियो । उक्त विषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने ९९.५ प्रतिशत नागरिकता सहजै जारी भएका छन् । ०.५ प्रतिशत नागरिकता भने जटिल प्रकृतिको भएकाले थप बुझ्नु पर्ने अवस्था रहेको पौडेलले बताए ।
उनले भने म कार्यक्रममा भएको बेलामा समेत समय छोट्याएर नागरिकका कामका लागि अफिस पुग्ने गरेको छु । जटिल प्रकृतिको नागरिकताको विषयमा प्रहरी मुचुल्का बनाउने, थप सनाखत गर्ने कानुनी व्यवस्था छ, हामीले पनि त्यही गरेका छौँ प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ थियो । चिया पसल तथा सार्वजनिक मच्चहरुमा राजनीतिक पार्टीका नेता तथा जनप्रतिनिधिहरुले समेत नागरिकता दिन जिल्ला प्रशासन कार्यालयले नागरिकलाई अनावश्यक झन्झट दिएको भनि कुरा उठिरहेको बेला प्रमुख जिल्ला अधिकारी पौडेलले यस्तो बताएका हुन् ।
त्यसैगरी सार्वजनिक सुनुवाइमा गत असोज ११, १२ र १३ गतेको बाढी पहिरोका पीडिहरुले प्रदेश सरकार र जिल्ला विपद्प व्यवस्थापन समितिबाट पाउनु पर्ने राहत अलिहेसम्म पनि नपाएको विषयमा पनि कुरा उठेको थियो ।
उक्त विषयमा प्रमुख जिल्ला अधिकारी पौडेलले प्रदेश सरकारबाटै रोकिएकाले वितरण हुन नसकेको बताए । उक्त राहत वितरणको लागि प्रदेश सरकारले छिट्टै बाटो खुलाइदिनेमा पनि प्रजिअ पौडेलले विश्वास व्यक्त गरे ।
गत असोजको ११, १२ र १३ गतेको बाढी पहिरोका पीडितहरुले प्रदेश सरकार र जिल्ला विपद् व्यवस्थापन समिति मार्फत प्रदान गरिने राहत अहिलेसम्म पनि पाएका छैनन् ।