
रामेछाप- नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति रामेछापको कार्यालय उद्घाटन गरिएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट बाल सङ्गठनको कार्यालय उद्घाटन गरिएको हो । मन्त्री गुरुङले बाल सङ्गठनको कार्यालय उद्घाट गर्दै सङ्घीय सरकार बालबालिकाको लागि सहयोग गर्न तयार रहेका बताएका छन् । विपन्न तथा असहाय बालबालिकाको अभिभावकीय भूमिका निर्वाह गरी कार्यक्रम गर्न सङ्घीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने मन्त्री गुरुङले बताए । सम्पति रेखदेख तथा अभिलेखीकरण र संरक्षण गर्न पनि सङ्घीय सरकारको सहयोग हुने मन्त्री गुरुङले बताएका छन् ।
नेपाल बाल सङ्गठन रामेछापका सभापति सुन्दर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यालय उद्घाटन कार्यक्रमको सञ्चालन बाल सङ्घठन रामेछापका सचिव पवन घिमिरेले गरेका थिए ।