
रामेछाप- जिल्ला समन्वय समितिको भवन निर्माणको लागि आलु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन भएको जानकारी दिँदै राज्यमन्त्री तामाङले भने आगामी चैत्र भरीमा टेण्डर गरेर काम अगाडि बढाउने छौँ । चालु आर्थिक वर्षको उक्त बजेटबाट सम्भव भएजति ढलानको काम गर्ने पनि मन्त्री तामाङले बताए ।
मन्त्री तामाङले भने दुई वर्षपछि स्टलको लागि पालको व्यवस्था गर्नु पर्दैन अर्को दुई वर्षपछि मेला महोत्सव गर्दा सटरमा राख्न पाउनु हुनेछ । त्यो काम मेरै कार्यकालमा पूरा गर्नेछु उनले भने ।
मन्थली नगरपालिका–१ मा चौविसै घण्टा पानी दिने व्यवस्था गर्न लागेका छौँ, मन्त्री तामाङले भने खानेपानीमा १ रुपैयाँ र सिँचाइको लागि बिजुलीको महशुल २ रुपैयाँ हुँनुपर्छ भनेर मैले कुरा राखेको छ, त्यो कुरा विधेकमै व्यवस्था गर्नु पर्ने कुरा राखेको छ, मेरो यो प्रयास सफल भयो भने तपाईँहरुलाई भन्ने छु ।
रामेछाप जिल्लाभरी नै बिजुलीको कालो तारको लागि बजेटको व्यवस्था भई केही दिनमै कालो तार खरिदको लागि टेण्डर हुने पनि राज्यमन्त्री तामाङले जानकारी दिए ।
मन्त्री तामाङले आफ्नै कार्यकालमा रामेछाप जिल्लामा ९० प्रतिशत खानेपानीको व्यवस्था गर्ने बताउँदै खानेपानीको लागि आफूले सुनापति गाउँपालिकालाई २० करोड, मन्थली नगरपालिका– १ लाई ५ करोड, मन्थली २ र ३ लाई २० करोड र रामेछाप नगरपालिकाको साँघुटारलाई २० करोड रुपैयाँ बजेट व्यवस्था गरेको बताए ।
नयाँ विधेकमा बाँदर र बँदेलले दुःख दिएको विषयमा छलफल भइरहेको छ । मैले दुई वर्ष पहिले नै बाँदरको परिवार नियोजन गर्ने कुरा हाउसमा उठाएको थिएँ, अहिले त्यही कुरा विधेकको रुपमा आउन लागेको छ । बँदेल नियन्त्रणको विषयमा पनि विधेकमा छलफल भइरहेको छ, मन्त्री तामाङले भने ।
त्यस्तै मन्त्री तामाङले केएमसी अस्पतालमा रामेछापवासीलाई २५ प्रतिशत छुटमा उपचार भइरहेको बताए । किर्तिपुरको जलन असपतालमा पनि ५० प्रतिशत छुटमा उपचार गराउने विषयमा छलफल भइरहेको बताए । क्यानर भएका रामेछापका बिरामीहरुको समेत निःशुल्क उपचार गर्न सम्झौताको तयारी गरिरहेको छु उने भने ।
मन्त्री तामाङले रामेछाप जिल्लामा राम्रो कलाकार नभएकाले मेला महोत्सवमा बाहिरबाट कलाकार ल्याउनु परेको भन्दै जिल्लामै कलाकार उत्पादन गर्नुपर्ने पनि बताए ।