Logo

मेला प्रदर्शनी ५० हजारले अवलोकन गर्ने अपेक्षा राखेका छौँ : अध्यक्ष थापामगर



रामेछाप- रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापामगरले जारी “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” मा ५० हजारले अवलोकन गर्ने आपेक्षा रहेको बताएका छन् । माघ १६ गतेबाट सुरु भई २६ गतेसम्म सञ्चालन हुने उक्त मेला प्रदर्शनीका लागि उद्योगी तथा व्यवसायीहरु आउने क्रम जारी रहेको पनि उनले बताए ।

मेला प्रदर्शनीको लागि केही होटल तथा कृषकहरु आउने क्रम जारी रहेको उनको भनाइ छ । टाढाटाढाबाट झाँकी प्रदर्शनका लागि आउनेक्रम पनि जारी रहेको उनले बताए । विगतका वर्षहरुमा जातजातिका झाँकीहरु उद्घाटनका दिन प्रदर्शन गर्दा राम्रोसँग प्रदर्शन गर्न नपाएको भन्दै यस वर्ष महोत्सवको अवधिभर फरफर झाँकीहरु प्रदर्शनी गरिने अध्यक्ष थापामगरले जानकारी दिए ।

महोत्सवको दोस्रो दिन तामाङ र थामी जातिको झाँकी प्रस्तुत् गरिएको बताउँदै, नेवार, मगर, माझी लगायतका जातीय झाँकीहरु क्रमशः प्रस्तुत् गरिने अध्यक्ष मगरको भनाइ छ । त्यसैगरी जिल्लाको कृषि तथा पर्यटन प्रवर्धनका लागि उक्त विषयमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रशासकीय अधिकृतहरुसँग समन्वयन गरी सम्बाद गर्ने साथै कृषि, पर्यटन र साँस्कृतिक रुपमा भएका समस्याका बारेमा छलफल गरिने पनि उनले बताए । त्यसैगरी रामेछाप जिल्लामा कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने विषमा छलफल बहस समेत गरिने उनको भनाइ छ ।

अध्यक्ष थापा मगरले भने– सांगीतक क्षेत्रमा लोकदोहोरी लगायतका सांगीतिक कार्यक्रमहरु पनि प्रस्तुत् गरिने छ । पहिलाको महोत्सवहरूभन्दा यो वर्षको महोत्सव फरक हाइव्रिड ढङ्गमा प्रस्तुत् गरिएको उनको भनाइ छ । अध्यक्ष थापामगर भन्छन–् विगत वर्षहरुको अनुभवहरु सङ्गाल्दै यसवर्ष नयाँ ढङ्गले काम गरिरहेका छौँ । सकेसम्म सम्पूर्ण रामेछाप जिल्लाबासीहरूलाई महोत्सव अवलोकन गरी यहाँको प्रदर्शनी तथा पर्यटनसँग रमाउन, यहाँको संस्कृतिसँग रमाउन म हार्दिक अनुरोध गर्दछु ।

स्थानीय सरकारको सहयोगमा स्टलहरु फ्रिमा दिएका छाैँ । स्टलमा बस्ने एक जनाको लागि बिहानबेलुका खानाको व्यवस्था गरेका छौँ । कृषि उपजहरू ल्याउनेलाई ५ सय रुपैयाँ भत्ताको व्यवस्था गरेका छौँ । मनोरन्जनात्मक सबै कुरामा फ्रि छ, थापामगरले भने ।

कृषि उपजमा, घरेलुमा भएका उत्पादनहरू मध्ये २० वटालाई ३ देखि ५ हजार नगद पुरस्कार सहित प्रमाणपत्र दिएर सम्मान गर्ने कार्यक्रम रहेको पनि उनले बताए । स्टलमा सहभागि सबै उद्यमी व्यवसायीहरुलाई पनि प्रमाण पत्र दिन्छौँ, थापा मगरले भने । बाख्रा लिएर आएका, गोल्भेडा लिएर आएका, फलफूल लिए आएकाहरूका लागि सहज सुविधा दिनेगरी हामीले काम गरिरहेका छौँ उनको भने ।

स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न सङ्घसंस्थाहरूसँग मागेर अहिले काम गर्न सुरुवात गरेका छौँ । बचेको पैसाले हाम्रो व्यवयायीहरूलाई आगामी दिनमा कुन किसिमको उत्पादन गरेर बजारमा बेच्न सकिन्छ भनेर हामीले चिनाउनको लागि यो मेला प्रदर्शनी आयोजना गरिएको हो । रामेछाप जिल्ला अण्डा र मासुमा आत्मनिर्भर छ । स्थानीय सरकार सङ्घीय सरकारलाई प्रदेश सरकारलाई हामीले बारम्बार मासु र अण्डामा हामी आत्मनिर्भर छौँ भनेर जानकारी गराएका छौँ । यसलाई औद्योगिक ग्राम बनाउनु प¥यो भनेर घच्घच्याइरहेका छौँ । ६ सय रुपैयाँ किलो खसी बोका जोखेर बेचिरहनु भएको अवस्था छ । किसानले लागत अनुसार मूल्य पाउन सक्नु भएको छैन, त्यसैले औद्योगिक ग्राम बनाऔँ विभिन्न किसिमको उत्पादन जोडेर हामी काम गर्न सक्छौ भनेर स्थानीय सरकारलाई पनि भनेका छौँ र त्यसका लागि मेला प्रदर्शनीले पनि धेरै सहयोग गर्छ भन्ने मैले विश्वास लिएको छु, थापा मगरले भने ।

प्रतिक्रिया दिनुहोस्