Logo

रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको दोस्रो दिन



रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१ को दोस्रो दिन मेला प्रदर्शनी स्थल दिनभर सोनाम ल्होछारको कार्यक्रमले तातियो तर मेला प्रदर्शनीसँग सम्बन्धित चलहपहल भने दिउसोको समयमा खासै भएन । साँझपख भने कलाकाहरुद्धारा सांगीतिक कार्यक्रमहरु प्रस्तुत् गरियो । दिनभर मेला प्रदर्शनी स्थलमा तामाङ समुदायले आफ्ना कार्यक्रमहरु सञ्चालन गरे । तामाङ समुदायले ल्होछारको अवसरमा प्रदर्शन गरेका झाँकी लगायतका केही कार्यक्रमहरु भने “रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी २०८१” को उद्देश्य अनुसारको भएकाले त्यसलाई पनि प्रदर्शनी मेलासँग जोडेर हेर्न सकिने सहभागिहरुको भनाइ छ ।

आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घको अनुसार मेला प्रदर्शनीको लागि ७५ वटा स्टलहरु निर्माण गरिएको छ । प्रदर्शनी स्थलमा निर्माण गरिएको स्टलहरु बिहिवारसम्म अधिकांश खाली नै देखिएको छ । आयोजकले उक्त स्टलहरु पनि बुकिङ् भइसकेको बताएको छ यद्यपि बिहिवारसम्म उद्योगी व्यवसायीहरुले सामान राखेका छैनन् । मेला स्थलको तल्लो साइडमा निर्माण गरिएका अधिकांश स्थलहरु खाली देखिएका हुन् ।

मेला प्रदर्शनी स्थलको मञ्च निर्माण गरिएको अगाडि निर्माण गरिएका स्टलहरु भने सबै भरिएका छन् । मञ्च अगाडि निर्माण गरिएका स्टलहरुमा जिल्लाका व्यवसायीहरुले जुनार, सुन्तला, किबी जस्ता फलफूल साथै आलु लगायतका तरकारीले सजाएका छन् । त्यसैगरी सना तथा घरेलु उद्योगद्धारा उत्पादित, निर्मित साबुन, सरफ, हाते कागज, बाँसबाट बनेका, डोको, डालो, नाङ्गो, लगायतका सामग्रही, अल्लोबाट बनेको कपडा, थान्का लागायका सामग्रीहरु पनि स्टलमा राखिएका छन् । त्यसैगरी दलहन, तेलहन साथै दूग्धजन्य परिकारहरु पनि स्टलमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्