Logo

रामेछाप जिल्ला पनि लागूऔषध दुर्व्यसनीको जोखिममा



रामेछाप – रामेछाप जिल्ला पनि लागूऔषध दुर्व्यसनीको जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । जिल्लामा लागूऔषध सेवन गर्ने बालबाललिकाहरु फेला परेको भन्दै रामेछाप पनि लागूऔषध दुर्व्यसनीको जोखिममा रहेको बताएको हो । मङ्गलवार जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजना गरिएको लागूऔषध दुर्व्यसनी सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा रामेछाप जिल्लामा सानो उमेरका बालबालिकाहरुले लागूऔषध सेवन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले जानकारी दिए ।

डिएसपी भट्टकाअनुसार बालकालिकाहरुले लुकीछिपी लागूऔषध सेवन गर्ने गरेको पाइएको छ । घरपरिवार र विद्यालयमा बालबालिकामैत्री वातावरण नहुँदा पनि बालबालिकाहरु लागूऔषध दुर्व्यसनीमा लाग्ने बताउँदै शिक्षक र अभिभावकले पनि त्यसतर्फ ध्यानदिनु आवश्यक हुने डिएसपी भट्टले बताए । लागूऔषध सेवन गर्नेको सङ्ख्या बढ्दै गएकाले आफ्‌ना बालबालिकाहरुको विशेष ख्याल राख्न पनि डिएसपी भट्टले अभिभावकहरुलाई आग्रह गरेका छन् । धेरैजसो बालकालिकाहरु साथी सङ्गतको कारण लागूऔषध दुर्व्यसनीमा फस्ने गरेको भन्दै आफ्‌ना बालबालिकाको साथीसङ्क कस्तो छ भन्ने विषयमा पनि अभिभावकले विशेष ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्