Logo

स्केटर राइडरहरुलाई प्रमाणपत्र वितरण



रामेछाप- रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनीको प्रभातफेरि कार्यक्रमको र्यालीमा सहभागि स्टेकर राइडरहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ । हिमालयन स्केटिङ पार्क प्रा.लि. मन्थलीले शनिवार स्केटर राइडरहरुलाई प्रमाण वितरण गरेको हो । मेला प्रदर्शनी उद्घाटनको दिन र्यालीमा सहभागि स्केटर राइडरहरुलाई प्रमाणपत्र वितरण गरिएको हिमालयन स्केटिङ पार्क प्रालिका प्रबन्धक क्षितिज श्रेष्ठले जानकारी दिए ।


प्रबन्धक श्रेष्ठकाअनुसार रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष, नवीनकुमार थापामगर लगायतका सङ्घका पदाधिकारीहरुद्धारा प्रमाणपत्र वितरण गरिएको थियो । स्केटर राइडरहरुलाई प्रदान गरिएको प्रमाणपत्रमा रामेछाप कृषि, पर्यटन औद्योगिक मेला प्रदर्शनी उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्य, रामेछाप उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीकुमार थापामगर र हिमालयन स्केटिङ प्रालिका प्रबन्धक क्षितिज श्रेष्ठले हस्ताक्षर गरेका छन् । मेला प्रदर्शनीको अवसरमा निकालिएको र्यालीमा ९ जना स्केटरहरुको सहभागिता रहेको थियो । र्यालीमा सहभागि भइ प्रमाणपत्र पाउँदा स्केटिङ खेल खेल्न अझ हौसला मिलेको स्केटिङ राइडर सम्राट श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्