Logo

सरकारले दिने ९० प्रतिशत अनुदान खेर गइरहेको छ : बैद्य



रामेछाप- नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण बैद्यले नेपाल सरकारले विभिन्न नाममा लगानी गरेको अनुदानको ९० प्रतिशत रकम खेर गइरहेको बताएका छन् ।
हेरेको, देखेको भरमा र पहुँचको आधार अनुदान दिंदा उक्त अनुदानको दुरुपयोग भइरहेको उपाध्यक्ष बैद्यले बताए । उनले भने– अनुदानको नाममा अनुदान दिने होइन, ठोस योजनाको आधारमा अनुदान दिनु पर्छ ।
उपाध्यक्ष बैद्याले नेपाल उद्योग वाणिज्य महासङ्घ सरकारसँग हातेमालो गरे अघि बढ्न प्रतिवद्ध रहेको भन्दै रामेछापको पर्यटन, कृषि र उद्योगको क्षेत्रमा के गर्न सकिन्छ त्यसको खाका तयार गर्न स्थानीय सरकारलाई आग्रह गरे ।


“कृषि, पर्यटन र उद्योगको विकासका लागि के गर्न सकिन्छ, पहिला तपाईहरुले खाका तयार गर्नुस्, हामीले गर्नुपर्ने के हो, त्यो पनि भन्नुस्, खाका तयार भएपछि तपाई र हामी मिलेर लगानी सम्मेल आयोजना गरौँ” बैद्यले भने । हामी निजी क्षेत्रले कति लगानी गर्ने, सरकारले कति लगानी गर्ने, त्यो लगानी सम्मेलनमा छलफल गरौँ, उनले भने ।

“सरकारले हामीले भनेको कुला लागू गर्ने र हामीले पनि राम्रोसँग काम गर्ने हो भने नेपालमा आर्थिक क्रान्ति गर्नु धेरै गाह्रो छैन”, बैधको भनाइ थियो ।
बैद्यले भने– अहिले साना उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको ऋण किस्ता तिर्न सक्ने अवस्था छैन । ऋण तिर्न नसक्दा धेरै साना व्यवसायी तथा उद्योगीहरुको धितो लिलामी भइरहेको छ, उनले भने– बैंकले ऋण दिंदा गरेको धितो मूल्याङ्कनलाई पुनः धितो पञ्जीकरण मूल्याङ्कन गरी लिला गर्ने गरेको छ, त्यसलाई रोक्नु पर्छ । बैंकले धितो पञ्जीकरण मूल्याङ्कन गरी लिलाम गर्ने हो भने हामी आन्दोलन गर्छौ, त्यस्ता बैंकलाई कारबाही गर्नुपर्छ भनेका छौँ, बैधले भने । ऋण दिंदा ५ करोड रुपैयाँ मूल्याङ्कन गरेको धितोको पञ्जीकरण धिलो मूल्याङ्कन गरी ५ करोड मूल्याङ्कनको धितोलाई २ करोड मूल्याङ्क गरेर लिलाम गरेको छ । त्यसमा वडा अध्यक्षज्यूहरुले नबुझेर पञ्जीकरण धितोमा हस्ताक्षेर गर्नु भएको छ, त्यो नगरिदिन म अनुरोध गर्न चाहन्छु उपाध्यक्ष बैद्यले भने ।


अहिले जति पनि नीति नियमहरु पारित भएको छ, कृषि पर्यटन र उद्योगको क्षेत्रमा प्रोजेक्टको आधारमा ऋण दिने कुरा अघि बढेको छ त्यो छिटोभन्दा छिटो कार्यान्वयन होस्, उनले भने– ‘यो कुरा नेपाल सरकारले मात्र भनेर हुँदै हामी नेपाल उद्योग वाणिज्य महासङ्घले के भनेको छौँ, साना तथा मझौला उद्योगहरुको उत्थान नभइकन नेपालमा आर्थिक क्रान्ति सम्भव छैन ।’ त्यसको लागि नेपाल सरकारले प्राजेक्टको आधारमा ५० लाख रुपैयाँसम्म ऋण दिने भनेर पुग्दैन, ऋण दिनको लागि बिमाको प्रयोजन गर्नपर्छ ।

‘जबसम्म नेपाल सरकारले बिमा प्रयोजनको नीति ल्याउँदैन तबसम्म बैंकहरुले कुनै पनि हालतमा ऋण दिनसक्ने अवस्था रहँदैन । त्यसकार सना तथा मझौला उद्योगीहरुले त्यो ऋण लिनसक्ने अवस्था छैन बैद्यले भने– ‘प्रयास गर्दागर्दै पनि ऋण बिग्रिएमा बिमाबाट परिपूर्ति गर्ने नीति जबसम्म नेपाल सरकारले ल्याउँदै तबसम्म यो काम अघि बढ्न सक्दैन ।’ ‘त्यसबाट ठुला उद्योगहरु र पर्यटन त विकास भयो होला तर जिल्लामा भएको पर्यटनको विकासको लागि साना तथा घरेलु उद्योग, कृषि र पर्यटन पूर्वाधारको विकास गर्नु पर्ने भएकाले त्यो नीति ल्याउन आवश्यक छ , उनले भने ।’

 


आफूहरुले यस अघिको बागमती प्रदेश सरकारलाई खाका पेश गरेको बताउँदै बैद्यले भने– बागमती प्रदेशको ८ खर्बको बजेट छ, उक्त बजेटको १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुस् भन्ने खाका पेश गरेका थियौँ । उपाध्यक्ष बैद्यले बागमती प्रदेशका सांसद तथा प्रदेश उद्योग, पर्यटन र वन वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठलाई आग्रह गर्दै भने बागमती प्रदेश सरकारले ल्याउने बार्षिक बजेटको १० प्रतिशत बजेट कृषि, पर्यटन र साना उद्योगको क्षेत्रमा विनियोजन गरिदिनुस्, त्यति गरिदिनु भयोभने बागमती प्रदेश अन्तर्गतका पालिकाहरुमा वर्षमा १२/१३ वटा सना उद्योग स्थापना हुन्छ । उद्योग स्थापना गर्न सकियो भने त्यसले आर्थिक विकास हुने छ, त्यसको श्रेयपनि तपाईलाई जानेछ उनले भने ।

नेपाल अधिराज्यभर रामेछाप उद्योग वाणिज्य सङ्घले पहिलो पटक ऐतिहासिक महोत्वस गरेको बताए । उनले भने देशभर १६८ उद्योग वाणिज्य सङ्घ छन् ती मध्ये ९० वटाजतिले महोत्सव गर्दै आएको छ, त्यसमध्ये रामेछाप उद्योग वाणिज्य सङ्घले पहिलो पटक निःशुल्क महोत्सव आयोजना गरेर देशमै पहिलो पटक ऐतिहासिक महोत्सव गरेको उनको भनाइ छ ।

बागमती प्रदेशसभा सदस्य तथा प्रदेश उद्योग, पर्यटन र वन वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र र राज्यलाई बलियो बनाउने गरी अहिलेको सरकार लागिरहेको बताए ।

तीन खम्बे अर्थनीतिलाई अगाडी बढाउन अहिलेको सरकार काम, कार्यक्रम, नीति, बजेट र योजना सहित अगाडी बढिरहेको उनको भनाइ छ । राज्यको महत्वपूर्ण साझेदारका रूपमा रहेको निजी क्षेत्रको विकासका लागि सरकार लागिरहेको पनि उनले बताए । कृषकले उत्पादन गरेका कृषि उपजलाई बजारसँग जोड्न यस्ता मेला प्रदर्शनीले महत्वपूर्ण सहयोग पुग्ने सांसद श्रेष्ठको भनाइ छ । पछिल्लो समय कृषि उत्पादन घटेको उल्लेख गर्दै सांसद श्रेष्ठले भने– उत्पादन घटेको सरकारले लगानी नगरे होइन, जलवायु परिवर्तनको कारण हो । ठुला देशहरु समेत जलवायु परिवर्तनको जोखिमसँग लडिरहेको बताउँदै, नेपाल पनि जलवायु परिवर्तनबाट उत्पन्न सङ्कटको सामना गर्ने योजना बनाएर अघि बढ्नु पर्ने बताए । हिमालमा हिउँ नपर्दा नदी नालाहरु सुक्दै गएको बताउँदै, त्यस विषयमा वैज्ञानिकहरुले निकालेको तथ्याको आधारमा योजना बनाएर अघि बढ्नु आवश्यक रहेको सांसद श्रेष्ठको भनाइ छ ।

 


रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापको अध्यक्ष नवीन कुमार थापामगरेको अध्यक्षतामा सम्पन्न भएको मेला उद्घाटन कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ जिल्ला समन्वय समिति रामेछापका उप–प्रमुख प्रेमबहादुर थापा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य डिल्ली बस्नेत, नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, नेपाली काङ्ग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, नेकपा एमाले रामेछापका उपाध्यक्ष होतराज ढकाल, नेकपा माओवादी केन्द्रका नेता उद्धव रम्तेल लगायतले रामेछापमा कृषि, पर्यटन र उद्योग क्षेत्रको विकास र सम्भावना बारे चर्चा गरेका थिए ।


उद्घाटन कार्यक्रम सुरु हुनअघि र्याली निकालिएको थियो । पञ्चेबाजा र स्केटिङ सहित उद्योगी व्यवसायीहरुको सहभागिता मदनआश्रित चोकबाट निकालिएको र्याली बजार परिक्रमा गर्दै, कटहबोट पुगी फर्किएर कार्यक्रम स्थलमा प्रदेश गरेको थियो ।

 


जिल्लाको कृषि उत्पादन, घरेलु तथा साना उद्योगका उत्पादन सहित पर्यटकीय क्षेत्रहरूको प्रवर्धन गरी आन्तरिक निर्यातलाई सुदृढ बनाउने उद्देश्यले प्रदर्शनी मेला आयोजना गरिएको आयोजकले जनाएको छ । उक्त प्रदर्शनी मेलाले जिल्लाको पर्यटकीय गतिविधिलाई वृद्धि गरी जिल्लाको आर्थिक उन्नतिमा टेवा पुग्ने आयोजकले विश्वास लिएको छ ।

 


आयोजककाअनुसार मेला प्रदर्शनी सुरु भएको दिन माघ १६ गतेदेखि १९ गतेसम्म निःशुल्क अवलोकन गर्न सकिने र माघ १९ गतेदेखि २६ गतेसम्म भने दिउँसो ४ बजेपछि हुने साँस्कृतिक कार्यक्रममा प्रवेश गर्नका लागि भने टिकट काट्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
Ibu Narti Pedagang Bumbu Karangampel Menang Rp155 Juta Di Mahjong Ways 2 Sopir Angkot Asal Sliyeg Pulang Bawa Rp198 Juta Karena Scatter Mahjong Mbak Yuli Karyawan Toko Di Lohbener Dapat Kejutan Multiplier Mahjong Pak Yusuf Desa Bangodua Menang Tengah Malam Main Mahjong Ways 2 Penjual Kue Kering Di Juntinyuat Dapat Rejeki Dinihari Dari Mahjong Ways Ibu Sulastri Jatibarang Menang Rp202 Juta Berkat Simbol Emas Mahjong Ways Anak Kosan Kertasemaya Bisa Lunasi Kuliah Karena Mahjong Ways 2 Pak Hamid Penjaga Kebun Pasekan Senang Bukan Main Menang Mahjong Guru Sd Kroya Dapat Rp165 Juta Main Mahjong Ways 2 Jam Ganjil Ibu Nurhayati Penjual Sayur Gabuswetan Dapat Kejutan Digital Mahjong Kakek 62 Tahun Di Cikedung Mendadak Menang Mahjong Ways 2 Jelang Subuh Ibu Hamil Petani Lohbener Bahagia Main Mahjong Ways 2 Sambil Rebahan Mahasiswa Pas Pagi Dapat Hoki Mahjong Ways 2 Di Warung Kopi Bangodua Pemuda Balongan Bisa Beli Laptop Baru Lewat Mahjong Ways 2 Malam Hari Ibu Endah Sliyeg Dapat Rp149 Juta Berkat Spin Beruntun Mahjong Ways Pak Gito Tukang Las Kroya Bawa Pulang Uang Banyak Dari Mahjong Ways Anak Warnet Karangampel Main Jam Ganjil Dan Menang Di Mahjong Ways 2 Bidan Desa Pasekan Kena Jackpot Multiplier Besar Mahjong Ways 2 Penjaga Warung Di Jatibarang Menang Subuh Subuh Dari Mahjong Ways 2 Ibu Rumah Tangga Tukdana Syok Dapat Saldo Rp122 Juta Dari Mahjong Ways Pemuda Freelance Sukagumiwang Bawa Pulang Hadiah Mahjong Ways 2 Ibu Hj Nurlela Dari Gabuswetan Pulang Umrah Berkat Mahjong Ways 2 Ibu Darti Desa Kertasemaya Berhasil Bangun Rumah Lewat Mahjong Ways Pak Arman Tambal Ban Di Juntinyuat Menang Rp177 Juta Dari Mahjong Ibu Ririn Di Kroya Dapat Keberuntungan Dari Spin Tengah Malam Mahjong Petani Muda Balongan Main Mahjong Ways 2 Saat Hujan Dan Menang Banyak Ibu Jumiatin Pedagang Pasar Karangampel Menang Mahjong Jelang Subuh Pak Naryo Lohbener Sukses Dapat Rp200 Juta Berkat Fitur Mahjong Ways Pengrajin Mebel Kedokanbunder Dapat Berkah Mahjong Ways 2 Jam Aneh Ibu Eli Tukang Jahit Desa Pasekan Tersenyum Lebar Karena Mahjong