
सन्तोष ढुङ्गेल
रामेछाप– जिल्लाको प्रसिद्ध एवम् ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल खाँडादेवी मन्दिर विकास कोषको अध्यक्षमा पुनः शेरबहादुर तामाङ निर्वाचित भएका छन् । शुक्रवार भएको १२ औँ साधारणसभा तथा तेस्रो अधिवेशनले तमाङलाई पुनः निर्विरोध निर्वाचित गराएको निर्वाचन समितिले जनाएको छ ।
तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन भएको पनि समितिले जानकारी दिएको छ । नवनिर्वाचित तामाङ लामो समयदेखि खाँडादेवी मन्दिरको विकास र स्तरोन्नतीमा सक्रिय सहँदै सामाजिक कार्यमा समेत अग्रसर रहेका व्यक्ति हुन् । तामाङको नेतृत्वमा रहेका पदाधिकारी तथा सदस्यहरु पनि लामो समयदेखि विकास कोषमा आवद्ध रहेर काम गरेका ब्यक्तित्व रहेका छन् । अध्यक्ष तामाङको नयाँ नेतृत्वमा पदाधिकारीहरु उपाध्यक्ष चुनबहादुर खत्री, (शंकर) सचिव कमल के.सी., सहसचिव बालकुमारी खड्का र कोषाध्यक्षमा प्रकाश बुढाथोकी रहेका छन् । त्यसैगरी सदस्यहरूमा तेजराज घिसिङ, भक्तिमाय श्रेष्ठ, क्षेत्रबहादुर बुढाथोकी, मनोज बुढाथोकी, मिना तामाङ र बसन्ती तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष तामाङले खाँडादेवी मन्दिरलाई अझ परिस्कृत गर्दै अन्तर्राष्ट्रिय समाजसम्म पुर्याउने आफ्नो उद्देश्य रहेको बताएका छन् । मलाई कुनै लोभ छैन म मेरो कार्यकाल भरी मन्दिरको आर्थिक परदर्शिता र अन्यमिततालाई निरुत्साहित गर्दै प्रभावकारी काम गर्ने छु उनले भने । खाँडादेवी मन्दिर नेपालकै प्रसिद्ध शक्तिपीठ मध्य एक हो । खाँडादेवी विकास कोषको उद्घाटन सङ्घीय संसदका सभामुख देबराज घिमिरेले गरेका थिए ।