Logo

नेवाः देय् दवु बागमती प्रदेशको दोस्राे अधिवेशन मन्थलीमा सुरु



सन्तोष ढुङ्गेल


रामेछाप– नेवाः देय् दवु बागमती प्रदेशको दोस्रो अधिवेशन रामेछापको सदरमुकाम मन्थलीमा सुरु भएको छ । अधिवेशनमा प्रदेश भित्रका १० जिल्लाका २ सयभन्दा धेरै प्रतिनिधि सहभागी भएको दवुका जिल्ला सदस्य जयप्रकाश श्रेष्ठले जानकारी दिए । “तपाईंको हाम्रो सबैको नेवा देय् दवु” भन्ने मूल नाराका साथ गठन भएको दवुले दोस्रो अधिवेशन मन्थलीमा आयोजना गरेको हो । पवित्र बज्राचार्यको प्रमुख आतिथ्यता तथा बिष्णु गोपाल महर्जनको अध्यक्षतामा भएको दवुको यो अधिवेशनले शनिवार नयाँ नेतृत्व समेत चयन गर्ने छ ।


दवुले उद्घाटन सत्रको पूर्वसन्ध्यामा सदरमुकाम मन्थलीमा बाजागाजा र झाँकीसहितको र्याली निकालेको थियो । उद्घाटन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य आनन्दकुमार श्रेष्ठ, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । दोस्रो अधिवेशनले शनिवार नयाँ नेतृत्व चयन गर्दै नेवारी समुदायको धर्म, संस्कृत र पहिचानलाई अझ सशक्त बनाउने विश्वास लिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्