नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– नेपाल फाइफ इन्स्योरेन्सका अभिकर्ता तथा एजेन्सी मेनेजरहरु सम्मानित भएका छन् । उनीहरुले लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेका कारण सम्मानित भएका हुन् ।
कम्पनीले शुक्रबार मन्थलीमा एक कार्यक्रमको आयोजना गरि संस्थाका अभिकर्ता तथा एजेन्सी मेनेजरहरुलाई केन्द्रीय वरिष्ठ सहायक महाप्रवन्धक तथा तालिम विभागका प्रमुख उमापति पोखरेलले सम्मान गरेका हुन् ।
सम्मानित हुनेहरुमा बरिष्ठ एजेन्सी मेनेजर १ जना, गोल्ड एजेन्सी मेनेजर २ जना सिल्भर एजेन्सी मेनेजर ४ जना, जना एजेन्सी मेनेजर २३, जना विजनेस कोअर्डिनेटर ४५ रहेका छन् ।
कार्यक्रमको अवसरमा उनले नेपाल लाईफले काम गर्न चाहनेहरुलाई रोजगारी सृजना गरेको बताए । उनले यसका लागि सबैको भूमिका इमान्दारी र पारदर्शि हुनुपर्नेमा जोड दिए ।
उप–शाखाका प्रमुख राम खड्काले संस्थले गत आर्थिक वर्षमा रामेछाप जिल्लाबाट ३ करोड ६५ लाख प्रथम विमा शूल्क असुल गरेको जानकारी गराए । सदस्यहरुले बिमा कम्पनीबाट पाउने सेवा सुविधाहरु जिल्लाबाटै पाउने व्यवस्था मिलाएको र रामेछापमा हालसम्म ४ सय भन्दा बढी अभिकर्ताहरु उत्पादन गरिसकेको पनि प्रमुख खड्काले जानकारी दिए ।