मन्थली नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामाग्री प्रदान गर्ने

 शुक्रबार, कार्तिक २६, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । मन्थली नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामाग्री प्रदान गर्ने भएको छ । नगरपालिकाले नगरभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको जीवनयापन सहज हुने विभिन्न सामाग्रीहरु निःशुल्क प्रदान गर्न लागेको हो । मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले एक सूचना मार्फत निःशुल्क सहायक सामाग्री वितरण भैरहेकाले सम्बन्धित वडाका लाभग्राहीहरुलाई अपाङ्गता परिचय–पत्र सहित मन्थली नगरकार्यपालिकाको कार्यालयमा सामाग्री बुझ्न आग्रह गरेका छन् ।
नगरपालिकाले १० थान कमबोड चियर, ६३ थान आल्मुनियम लठ्ठी, १७ थान एल्वो स्टिक, २८ थान वैशाखी, १० थान वाकर र ३१ थान दृष्टिबिहीनहरुले प्रयोग गर्ने लठ्ठी वितरण गरिने जनाएको छ ।

 

Share this

प्रतिकृया

Add