नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । सुनापति गाउँपालिकामा विभिन्न कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ । दिवसको अवसरमा र्याली निकाल्नुका साथै चित्रकला प्रर्दशनी, साँस्कृतिक एवं साहित्यिक कार्यक्रम तथा कोणसभा आयोजना गरिएको थियो ।
सुनापति गाउँपालिका स्तरीय बाल क्लब सञ्जाल तथा बाल सशक्तिकरण बाल क्लब सञ्जाल, हिलेदेवीको आयोजना तथा सामुदायिक विकास समाज-महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजनाको सहयोगमा कार्यक्रम गरिएको हो । विश्वभर“Reimagining childhood-a better post-pandemic world for every child” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको छ ।
कार्यक्रममा सुनापति गाउँपालिकाका पाँच वटा वडाहरुमा गठित बाल क्लब सञ्जालद्वारा कोरिएका सात प्रकारका चित्रहरु प्रदर्शनी गरिएको थियो । जसमा ग्लोवल एक्सन मन्थको लोगो, दीगो विकास लक्ष्यहरु, विद्यालयमा कोरोना भाइरसबाट बच्ने उपायहरु, वातावरण मैत्री विकास, सफा भए घरआँगनः स्वच्छ हुन्छ जीवन, सुनापति गाउँपालिकाको नक्सा र नगरौं प्रकृतिको हरणः आउनुहोस् बचाऔं वातावरणजस्ता विषयका रहेका थिए ।
दिवस मनाउने क्रममा वडा स्तरीय बाल क्लब सञ्जालका अध्यक्षहरु क्रमशः रविन धमला, ज्योती सिंजाली मगर, प्रेम श्रेष्ठ, उद्गम बल र समिर तामाङले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सुनापति गाउँपालिका शिक्षा शाखाका संयोजक कमल बमले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको औचित्यबारे प्रकास पारेका थिए । त्यसैगरी सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाका संयोजक तिलक कार्कीले संयुक्त राष्ट्र संघीय अन्तर्राष्ट्रिय महासन्धि १९८९ का मुख्य प्रावधान, नेपालका भएका ऐन, कानुन, रणनैतिक योजना, सफल अभ्यास एवं सबाल र सरोकारका विषयमा प्रकास पारेका थिए । पशुपति मावि हिलेदेवीका प्रधानाध्यापक तिलक बहादुर बलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा बालबालिकाहरुले कविता, गजल वाचन गर्नुका साथै नृत्यहरु पनि प्रस्तुत गरेका थिए । पशुपती माविबाट सुरु भई पालिका–हिलटप डाँडा हुदै पुनः विद्यालयसम्म र्याली गरिएको थियो । बालबालिकाहरु बाल अधिकार, सबाल तथा सरोकार, कर्तव्य र मागजस्ता विषयका प्लेकार्ड सहित र्यालीमा सहभागि भएका थिए । ¥याली पश्चात कोण सभामा परिणत भई भव्य रुपमा स्थानीय स्तरमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइएको संस्थागत विकास सहजकर्ता मोहन कुमार सुनुवारले बताए ।