नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा बाल क्लब सञ्जाल गठन गरिएको छ । पालिका भरका वडाहरुमा गठित बाल क्लब सञ्जालहरुका प्रतिनिधीहरुको भेलाले पालिका स्तरीय सञ्जाल गठन गरेको हो ।
बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ मा उल्लेखित बाल क्लब तथा बाल संस्था दर्ता गर्ने प्रक्रिया सरल गरिनेछ । विद्यालय, समुदाय, बालगृहलगायत बालबालिका सामूहिक र संस्थागत रूपमा रहने क्षेत्रमा बाल क्लब स्थापना गरी केन्द्र, क्षेत्र, जिल्ला, गाउँ तथा नगरपालिका स्तरमा बाल क्लब सञ्जालहरू विस्तार गरिनेछ ।
बाल क्लब तथा बाल संस्था सञ्चालनका लागि आवश्यक आचारसंहिता तथा निर्देशिका जारी गर्ने व्यवस्था हुनेछ । बालबालिकाको प्रमुख सरोकार, बालबालिकाका आवाजको सम्बोधन गर्नका लागि दवाव सृजना गर्न, संघठित बालबालिकाहरुले बाल अधिकारका सवाल मार्फत सामाजिक रुपान्तरणमा योगदान दिनका लागि पालिका स्तरीय सञ्जाल गठनको सहजिकरण गरिएको सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाका संयोजक तिलक कार्की बताए ।
पालिका स्तरीय बाल क्लब सञ्जालको अध्यक्षमा रविन धमला चयन भएका छन् । उपाध्यक्ष, सचिव, सहसचिव तथा कोषाध्यक्षमा क्रमशः ज्योति सिंजाली मगर, प्रेम श्रेष्ठ, उद्गम बल र समिर तामाङ चयन भएका छन् । २७ सदस्यीय सञ्जालमा अनिता विसुन्खे, सुजिना घिसिङ, विकास योञ्जन, विमला विसुन्खे, सुमन मगर, प्रनिसा गौतम, रोजिना धमला, अन्सिका चौलागाईं, संगम योञ्जन, दीपा सेवा, टिकाराम विक, प्रतिक्षा नेपाली, उर्वसी दर्नाल, मिलन मानन्धर, रमीला दर्लामी मगर, सौगात पुलामी मगर, सीता श्रेष्ठ, अमृता पाण्डे, अनिता खड्का, क्षितिज खड्का, रणवीर खड्का र लक्ष्मी श्रेष्ठ रहेका छन् ।