नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
सुशिल चौलागाई
काठमाठौं । मुक्तकसागर त्रैमासिक साहित्यिक मुक्तक पत्रिकाद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा समाजको अवस्थालाई चित्रण गरी लेखिएको मुक्तक संग्रह ‘मुक्तक मिनार‘ लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यतामा कृति सार्वजनिक भएको हो । सो अवसरमा घिमिरेले मुक्तक संग्रहमा वर्तमान सामाजिक परिवेशलाई समेटेको बताएका छन् ।
आमसञ्चारका माध्यमको विकाससंगै साहित्यमा कलम चलाउनेहरुको संख्या बढेपनि गुणस्तरीय लेखनको कमी भएको चर्चा गर्दै चौलागाईको कृतिले धेरैलाई पाठ सिकाउने पनि उनको धारणा थियो ।
मुक्तक सग्रह आमा विषयबाट सुरु भई जिन्दगीको जोड घटाउमा टुंगिएको र समसामयिकतासँगै समाजका विविध आयामलाई चोटिलो रुपमा उतारिएको छ । पाठकको मन जित्न सक्ने खालको मुक्तक भएकोले उत्कृष्ट कृतिको रुपमा परिचय बनाउने पन कार्यक्रममा वक्ताहरुले धारणा राखेका छन ।
कार्यक्रममा संस्कृतविद् तिलक लुइटेल, साहित्यकार, राजन सिलवाल, कृष्ण धरावासी, रामकाजी कोने, गिरिराज डल्लाकोटी, प्राज्ञ विवश पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा सबैले आधुनिक साहित्यमा आवश्यक विचार सहितको कलाको कृति मिना चौलागाइको भएको र सबै खालका पाठकले पढ्ने खालको मुक्तक भएको धारणा राखेका छन् ।
सामाजिक यथार्थलाई सरल र स्पष्ट रुपमा चोटिलो प्रहार गर्नसक्ने क्षमता रहेको उल्लेख गर्दै साहित्यले समाजको तत्कालीन परिवेशलाई उतार्ने भएकाले समाजका परिवेश बुझ्न सहज हुने विश्वास व्यक्त गरेका छन् । यो सँगै कार्यक्रममा साहित्यमा रुचि राख्ने रञ्जिता चौलागाई, विनोद आकाश खत्री, पार्वती भट्ट लगायतले चौलागाईको केही मुक्तक बाचन पनि गरेका थिए । मुक्तककार मीना चौलागाईको पहिलो कृति ‘मुक्तक मिनार’ मा ३ सय ६ वटा मुक्तक समेटिएका छन् ।