नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
सन्तोष ढुङ्गेल
रामेछाप । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको कुल पूँजी एक अर्ब ११ करोड रहेको संस्थाले जनाएको छ । मन्थली बचतले शनिबार सदरमुकाम मन्थलीमा आफ्नो २४औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनमा संस्थाको कुल पूँजी एक अर्ब ११ करोड उल्लेख छ ।
चौबीस बर्ष अघि स्वर्गीय जगदीश घिमिरेले स्थापना गरेको मन्थली बचतले चौध हजार रुपैयाँबाट सुरु गरेर हाल एक अरब नघाएको संस्थाका सचिब गोबिन्द घिमिरेले बताए । मन्थली बचत दक्षिण एसियाली मापदण्ड भित्र रहेको र आफ्ना गतिविधि पनि सोही अनुसार गरिरहेको सचिव घिमिरेले जानकारी दिए ।
भाका नाघेको र पटक–पटक आग्रह गर्दा पनि ऋृण नतिर्ने ऋृणीको धितो लिलाम प्रक्रिया अगाडि बढाइएको मन्थली बचतका अध्यक्ष ध्रुव सुबेदीले बताए । ऋृण असुल गर्न ऋृणीको जीवनयापनलाई असहज नहोस् भनेर केही ढिला भएको भन्दै अब संस्था चुप लागेर नबस्ने सुवेदीले बताए । ऋृणीको एकाघरको सम्पत्ति रोक्का गर्ने अधिकार संस्थासँग रहेको भन्दै निकट भविष्यमा भाका नाघेका ऋृणीलाई दायरामा सुवेदीले ल्याउने बताए । ११ जनाबाट सुरुवात गरेको मन्थली बचतले चौबीस बसन्त पार गर्दैगर्दा पन्ध्र हजार सदस्य पु¥याएको छ । संस्थाका अध्यक्ष ध्रुब सुवेदीको अध्यक्षता तथा मन्थली नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको साधारण सभाले मन्थली बचतको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।