कार्कीलाई कार्यवाहक सभापति र श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारी
सोमवार, भदौ २४, २०८१
रामेछाप- समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) ले रामेछापका २ वटा पालिकाहरुमा बाल अधिकारका लागि सँगसँगै परियोजना संचालन गर्ने भएको छ । मन्थली नगरपालिका सबै वडाहरु र खाँडादेवी गाउँपालिकाका ३ वटा वडाहरुका सीमान्तकृत र पछि परेका बालबालिकासँग परियोजना सञ्चालन गर्न लागिएको हो ।
सिविस विगत ३० वर्षदेखि घरेलु बालश्रमिक न्यूनीकरण, बालअधिकार, सुदृढ नागरिक समाज र सक्षम सरकारी संयन्त्रका साथै महिला तथा बालबालिकाको संरक्षण, शिक्षा र सहभागिताको अधिकारको सम्मान र प्रवर्धनका लागि कार्य गर्दै आएको राष्ट्रिय स्तरको गैह्रसरकारी संस्था हो । परियोजनाले विशेष गरी रामेछापका स्थानीय सरकारले बाल संरक्षण पद्धतीलाई संस्थागत गरी मन्थली नगरपालिका तथा खाँडादेवी गाउँपालिकाको समुदाय र विद्यालयहरुले बालअधिकार साथै विनाभेदभाव र समावेशीकरणलाई अर्थपूर्ण बाल सहभागीता मार्फत अझ बलियो बनाउने लक्ष्य लिएको छ । साथै बाल अधिकार र बाल संरक्षणमा परिवार शसक्त हुने टिम लिडर रुजा पोखरेलले बताइन् ।
परियोजना साझेदारी तथा समन्वय र सहकार्य गरी सेवा प्रदायक र सेवाग्राहीको क्षमता अभिबृद्धि गर्ने सिविसका संस्थापक तथा सभासद् शान्ति अधिकारीले जानकारी दिइन् । साथै बाल संरक्षण संयन्त्रणको विकास गरी विषय केन्द्रीत पैरवीहरु गर्ने अधिकारीले बताइन् । परियोजनको अभिमुखीकरणमा खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले समुदायलाई क्षमतावान बनाउन परियोजनाले कार्य गर्नुपर्ने बताउदै थामी समुदायको मानवीय विकासका लागि कार्य गर्न आग्रह गरे । कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले बालमैत्री स्थानीय शासनलाई परियोजनाले सहयोग गर्ने बताउदै बालबालिका सम्वन्धि भएका संयन्त्रको क्षमता विकास र दीगोपनका लागि परियोजना र पालिकासँगसँगै जाने बताए । स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा कार्यक्रम सफल हुने प्रतिवद्धता व्यक्त गरे ।