नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछापको गोकुलगंगा गाउँपालिका ३ का दिनेश सुनुवार बिहानको खाना नखाउञ्जेल घरमा आमालाई काम सघाउँ छन् । गाउँमा अहिले पनि भूकम्पले भत्काएका घरको बनाउने काम चलिरहेको छ ।
गाउँलेहरु एकअर्काको घर अर्मपर्म गरेर बनाउँदै छन् । खाना खाइसकेपछि दिनेश पनि भूकम्पले भत्काएको काकाको घर बनाउन सघाउन जान्छन् । काका सूर्यमान सुनुवारसँगै ३१ वर्षे दिनेश दिनभर काम गर्छन् । केही समयअघिसम्म दिनेशको अवस्था यस्तो थिएन ।
अहिले सामान्य मान्छे जस्तै व्यवहार देखाउने दिनेशले ५ महिनाअघि गर्ने क्रियाकलाप सूर्यमानको आँखै अगाडि छ । ‘खाने बस्ने केही टुङ्गो थिएन’ सूर्यमान भन्छन् ‘त्यत्रो वर्ष जेल बस्नु परेछ । आउँदा बुवा र बहिनीलाई पनि भेट्न पाएन त्यही भएर त्यस्तो भएको होला । तर अहिले त हामी भन्दा बलियो भएको छ ।’
दिनेशको व्यवहार फेरिएको झण्डै दुई महिना मात्रै भयो । त्यो भन्दा अघि दिनेशको न खानेको टुङगो थियो न त बोल्ने र हिँड्ने नै । एक्लै भयो कि एकोहोरिने, फिक्का चिया दियो भने रुने, चामलको भात खान मन नगर्ने, भात खान दियो भने रुने गर्थेे दिनेश ।
दिनेशको यस्तो व्यवहार मलेसियामा १० वर्ष जेल बसेर फर्केपछि सुरु भएको हो । मलेसिया जानुअघि दिनेश खेतीपाती गर्थेे । परिवारको जेठो छोरो भएकाले चाहँदाचाहँदै पनि पढ्न पाउनुभएन् । पढाई बिचमै छोडेर घर व्यवहार सम्हाल्नुपर्ने भयो ।
त्यतिबेला दिनेश अर्गेलीको खेती गर्थे । औषधि बनाउन प्रयोग हुने भएकाले अर्गेली जापानको कम्पनीले किन्थ्यो । त्यसैले खेतीबाट पनि व्यापारकै जस्तो आम्दानी हुन्थ्यो ।
छ महिना काम गदर्न दिनेशले १ वर्षका लागि परिवार चलाउने खर्च जुटाउँथे । तर अवस्था एउटै रहेन । समय फेरियो । अर्गेलीबाट हुने कमाइ कम हुँदै गयो ।
कमाइ कम हुनु अनि सँगै पढेका साथीहरुले विदेश जाने कुरा गर्नु । यिनै कुुराले दिनेशले विदेश जाने सोच बनाए । ‘भएको बेला राम्रो कमाई हुने तर यो कमाई सधैं हुन्छ भन्ने टुङ्गो थिएन । त्यतिबेलै साथीहरुले पनि विदेशको कुरा गरेपछि विदेश जाने निधो गरें’ दिनेशले सुनाए ।
विदेश जाने माध्यम खोज्दै उनी आफैं काठमाडौं गए । के काममा जाने, कुन देश जाने भन्ने नसोची काठमाडौं गएका दिनेश मलेसिया जाने निधो गरेर घर फर्किए । म्यानपावरले सुपरभाइजरको काम र कमाई पनि राम्रै हुन्छ भनेपछि उनले धेरै सोचेनन् ।
घर फर्किएको केहीदिनमै दिनेश मलेसिया उडे । म्यानपावरले दिनेशलाई सुपरभाइजरको काम भनेर पठाएको थियो । तर सुपरभाइजरको काम पाएनन् । न त म्यानपावरले भनेको जस्तो ओभरटाइम नै ।
भनेको काम र तलब नपाएपछि कमाई पनि भनेजस्तो भएन । तीन महिना काम गर्दा उनले २७ हजार रुपैयाँ जोगाएका थिए । कमाई नै नभएपछि साथीहरुको लहैलहैमा लागेर दिनेशले कम्पनी छोडे ।
कम्पनी छोड्दा उनीसँग २७ हजार रुपैयाँ थियो । त्यो पैसा घर पठाउने सोचेर दिनेशले आमालाई फोन गरे । त्यतिबेला दिनेशकी आमा लेखमाया काठमाडौं गएकी थिइन ।
छोरासँग बोल्न पाउँदा खुसी भएकी लेखमायाले कुरा सुनिसकेपछि आफूलाई थाम्नै सकिनन् । ‘सुरुमै आमा म अब तपाईंलाई फोन गर्न पाउँदिन भन्छ’ छोराले फोनमा गरेका सुनाउन थाल्ने बित्तिकै लेखमाया भक्कानिइन ।
उनले किन त्यसो भन्छस् भनेर सोधिन । तर दिनेशले उत्तर दिएनन् । लेखमाया सँगै रहेकी दिनेशकी काकीले फोन खोसेर किन त्यसो भनेको, तँ भागेर काम गर्न थालेको हो र भनेर सोधिन । काकीको प्रश्नको पनि जवाफ आएन । काकीले आशंका गरेजस्तै दिनेशले गर्दैै गरेको काम छोडेर अवैधानिक भएका थिए ।
अवैधानिक भएकैले फोन गर्न पाउँदिन भनेका थिए दिनेशले । तर परिस्थितिले दिनेशलाई कल्पनै नगरेको विपत ल्याइदियो । पैसा पठाएर फर्किंदै गरेका दिनेशलाई वैशाखी टेकेर बाटोमा उभिएका एक व्यक्तिले एउटा सानो पोको दिएर हातले देखाउँदै केही परसम्म पु¥याइदिन आग्रह गरे ।
ती व्यक्तिलाई दिनेशले पहिला पनि देखेका थिए । दिनेशले देख्ता ती व्यक्ति वैशाखी नै टेकिरहेका हुन्थे । त्यही भएर दिनेशले पनि एउटा टेक्न नसक्ने भएको व्यक्तिलाई सहयोग गर्दा धर्मै हुन्छ भन्ने सोचेर सामान बोकेर पु¥याइदिन हिँडे ।
तर ती व्यक्तिले भनेको ठाउँमा पुग्न नपाउँदै तीन जना महिलाले उनलाई पक्रिए । ‘उनीहरु को हुन भन्ने पनि थाहा पाइन अनि किन पक्रिए भन्ने पनि थाहा भएन’ दिनेश भने ।
मलेसिया पुगेको तीन महिना मात्रै भएको थियो । दिनेशले त्यहाँको भाषा पनि बुझ्दैन थिए । आफूलाई पक्रिनेहरु को हुन भन्ने पनि दिनेशलाई जानकारी भएन । झ्यालखानामा पुगेपछि मात्रै आफूलाई पक्रिने महिला प्रहरी रहेछन भन्ने उनले पत्तो पाए ।
‘त्यो मान्छे लङ्गडो होइन रैछ, त्यो मान्छेलाई पनि पुलिसले पहिल्यैदेखि ‘वाच’ गरिरहेको रै‘छ’ दिनेशले आफूलाई प्रहरीले लागूऔषधको कारोबारमा पक्रिएको रहेछ भन्ने कुरा प्रहरी कार्यालयमा पुगेपछि मात्रै थाहा पाए ।
बिना कारण पक्राउ पर्नुपर्दा दिनेशलाई चिन्ताले सतायो । दिनेश दोषी नभए पनि उनको पक्षमा बोलिदिने कोही भएन । न चिनजानको व्यक्तिको पहुँच प्रहरीसम्म पुग्यो न त मलेसियामा रहेका नेपाली दूतावासले दिनेशका बारेमा सुइँको पायो । त्यसैले दिनेशको जेल बसाई लम्बिँदै गयो । ६÷६ महिनामा जेल परिवर्तन भइरहन्थ्यो । जेल फेरिएपिच्छे समय पनि थपिइरहन्थ्यो ।
सुरुमा तीन महिनाका दरले दुई ठाउँ फेरेपछि दिनेशलाई १० वर्षको जेल सजाय सुनायो अदालतले । लामो जेल सजाय तोकिइसकेकाले परिवारलाई तनाव हुन्छ भनेर दिनेशले घरमा फोन गरेनन् । उनले जेल परेको कुरा सुनाउँदा परिवारमा चिन्ता हुन्छ भन्ने सोचे ।
तर दिनेश हराएपछि बुवाआमालाई मात्रै होइन परिवारलाई झनै पीडा भयो । अब फोन गर्न पाउँदिन भनेको छोरो सम्पर्कवीहिन भएपछि लेखमायाले छोरालाई खोजिदिन चिने जानेका जति सबैलाई गुहारिन ।
दिनेशका केही आफन्त काठमाडौंमा पनि थिए । उनीहरुले पनि प्रयास गरे । तर कसैको सीप चलेन । ‘काठमाडौंमा आएका काकाहरुले म्यानपावरलाई पनि सोधेछन । पत्रपत्रिकामा आइहाल्छ कि भनेर पनि हेर्दा रै‘छन तर केही लागेन’ लेखमायाका आँखा ओभाउनै पाएनन् ।
लेखमायाका ४ जना छोरा अनि दुई जना छोरी । तीमध्ये दिनेश जेठा छोरा । माइला छोरा मलेसिया गएको ३ वर्ष भयो । दुईटी छोरीमध्ये एउटी छोरीको निधन भयो । अर्की छोरी अहिले काठमाडौं बस्छिन् ।
लेखमायालाई छोरो विदेशमै हराएको पीडा त छँदै थियो । श्रीमान् र छोरीको निधनको भारी पनि थपिएको थियो । दिनेश मलेसिया जाँदा घरमा बुवा र बहिनी पनि थिए । दिनेश विदेश गएको दुई महिनामा बहिनी पनि विदेश गइन् । विदेशबाट फर्किएपछि लेखमायाले काठमाडौं आएर अन्माएकी छोरीको पनि निधन भयो ।
छोरा मलेसियामै हराए । यता छोरीको पनि निधन भयो । दिनेशका बुवा सधैं यही कुराको पीर लिइरहन्थे । त्यसमाथि ७२ सालको भुकम्पले घर पनि भत्किएपछि उनलाई झनै पीडा थपियो ।
उनी जतिबेला पनि दिनेशकै कुरा गरिरहन्थे । बुवाको पनि २०७३ वैशाखमा निधन भयो । ‘सधैं उसकै चिन्ता लिइरहन्थे । कहाँ होला, के गर्दैछ, छ कि छैन भनेर पीर लिइरहन्थे, लेखमायाले भनिन् ।
दिनेश जेल परेको न परिवारलाई थाहा थियो न त दिनेशलाई घरमा भएका यी घटनाका बारेमा जानकारी भयो । १० वर्षपछि दिनेश जेलबाट छुट्ने दिन आयो ।
तर उनी पहिलाको जस्तो थिएनन । आफ्नो ज्यान सम्हाल्न सक्ने अवस्थामा थिएनन् दिनेश । परिवारका बारेमा सोच्न सक्ने त कुरै भएन् ।
१० वर्षपछि नेपाल फर्किएका दिनेश आधा होस गुमाए जस्तै थिए । ‘जेल बसाइले म एकोहोरो भइसकेको रहेछु । कति बेला केही कुरा झट्ट याद आए जस्तो हुन्थ्यो तर पछि केही पनि हुँदैनथ्यो’ दिनेश भन्छन् ।
दिनेशले भनेजस्तै जहाजबाट उत्रिएपछि भने काका काठमाडौंमै थिए भन्ने कुरा सम्झिए । विदेश जाने बेलामा उनी काकाको घरमा बसेका थिए । काका बसेको घर उनले खोजे । तर न काका भेटिए, न त काका बस्ने घर नै ।
काकाको घर पनि भूकम्पले भत्काएको थियो । घर भत्किएपछि काकाको परिवार अन्तै सरिसकेको थियो । काका नभेट्टाएपछि दिनेश काठमाडौंबाट घर जान दोलखाको गाडी चढे ।
दिनेश विदेश जाने बेलामा रामेछापलाई सिन्धुली हुँदै काठमाडौं जोड्ने बाटो बनेकै थिएन । त्यसैले उनले सिधै रामेछापको गाडी पाइन्छ भन्ने नै पत्तो पाएनन् ।
उनी दोलखाको जिरी जाने गाडी चढ्े । गाडीमा गुडिरहँदा उनलाई कोही कोही बेला अनौठो लागिरहन्थ्यो । अनौठा व्यवहार पनि देखाउँथे ।
‘बिच बाटोबाट एक जना दिदी गाडीमा चढ्नि अनि मलाई झोला बोकिदिनु न भन्नुभयो तर मैले मानिनँ । मैले त झोला बोकिदेउ भन्ने बित्तिकै मलेसियामा अर्काको झोला बोकिदिँदा जेल बस्नु परेकै कुरा सम्झिएछु’ दिनेशलाई आफूले अनौठो व्यावहार देखाएँ भन्ने पनि थाहा छ । तर त्यसलाई नियन्त्रण गर्न सकेनन् ।
गाडीमा कसैसँग नबोली उनी दोलखाको जिरी पुगे । विदेश जानु अघि जिरीका प्रायःले दिनेशलाई चिन्थे । किनकि उनी चरिकोट ओहोरदोहोर गरिरहन्थे ।
तर १० वर्षपछि फर्किएका दिनेशलाई कतिले ठम्याउन सकेनन् । कतिले अनुमान मात्रै लगाए । विदेशबाट फर्किंदा दिनेशको हुलिया धेरै फेरिएको थियो ।
जाँदा खाइलाग्दो ज्यान भएका दिनेश फर्किंदा दुब्लाएका मात्रै भ थिएनन् कालो पनि भएका थिए । चारिकोट पनि १० वर्षमा धेरै फेरिइसकेको थियो ।
त्यहाँबाट कसरी घर भन्दा आधा घण्टा मात्रै पर बुर्के भन्ने ठाउँमा पुगे दिनेशलाई केही थाहा छैन । बुर्केमा दिनेशका बडाबाको घर थियो । बडाका परिवारका सदस्यले दिनेशका भाइलाई फोन गरे ।
भाई त्यतिबेला स्थानीय तहको चुनाव प्रचारका लागि हिँडेका थिए । दाई आएको खबर पाएपछि अचम्ममा परेका तत्कालै आमालाई फोन गरे । तर लेखमायालाई विश्वासै लागेन ।
‘आमा अचम्म भयो भन्दै फोन ग¥यो मैले त बाइकले कसैलाई हान्देछ कि भन्ने सोचें अनि भनें पनि तर उसले होइन क्या दिनेश दाई आउनुभयो रे बडाबाको घरमा हुनुहुन्छ रे म लिन जाँदैछु भन्यो’ छोरा आएको खबर पाएका बेलाका कुरा सुनाउँदा अघि रसाएका लेखमायाका आँखा केही ओभाएका थिए ।
तर छोराका कुरा उनले पत्याइनन् । ‘मैले त जे पायो त्यही नभन है पनि भनें छोरालाई ।–
पत्यार नलागेपछि उनले आफन्तहरुलाई पनि फोन गरिन । केही आफन्तहरुले पनि उहाँलाई यत्रो वर्ष हराएको मान्छे कसरी आउँछ होइन होला भन्दिए । त्यसले उनका कुरालाई मलजल ग¥यो ।
बडाबाको घरमा रहेका दिनेशलाई भाइले भेटे । भाइले दाइ चिने । तर दिनेशले भाइलाई चिनेनन् । भाइसँग तपाईं भनेर बोले दिनेश ।
भाइले दिनेशलाई गाउँ र गाउँलेका बारेमा पनि बताउँदै र चिनाउँदै लगे । त्यतिञ्जेलसम्म दिनेशलाई बाबु र बहिनीको निधन भएको थाहा थिएन । अर्कतिर भूकम्पले घर भत्काएको कुरा पनि जानकारी थिएन ।
भाइले पनि घर पुगेपछि मात्रै भनौंला भनेर सुनाएका थिएनन् । तर घर पुग्न नपाउँदै गाउँलेले बाटैमा त्यो खबर सुनाइदिए । यो खबरले दिनेशलाई पीडा माथि पीडा थपियो । ‘बुवा पनि बित्नुभएछ, बहिनी पनि छैन भनेको सुनेपछि म कसरी घर आएँ भन्ने पनि थाहा पाइन’ दिनेश घर आइपुग्दा साँच्चै नै होस हराए जस्तै भए ।
छोराले फोन गर्दा लेखमायालाई शंका लागेको थियो तर केही समयमा लेखमायाका शंका मात्रै भयो । भाइले दिनेशलाई लिएर घर आइपेग । दिनेश घर पुगेपछि लेखमायाले आफूलाई सम्हाल्न सकिनन् । ‘म त होस हराए जस्तो पो भएछु’ लेखमायाले गएको वैशाखको कुरा सम्झिइन ।
त्यतिबेला त आमा छोराको अवस्था उस्तै उस्तै जस्तै भयो । छोरालाई देखेपछि लेखमायाको पनि होस हराए जस्तै भयो । छोराको अवस्था देखेपछि लेखमायाले मन थाम्न सकिनन् ।
केहीदिनपछि दिनेशले देखाउने व्यवहारले आमालाई झनै सतायो । ‘छोरो फर्कियो भनेको त कस्तो भएर फर्किएछ फर्किएछ’ लेखमायाले सुनाइन । ‘खान दियो भनेपछि हेरिरहन्थ्यो । बारीको डिलमा गएर के सोचेर बस्थ्यो कुन्नि, कुनै बेला त रुन्थ्यो पनि ।’
एकातिर छोराको अवस्था अर्काेतिर गाउँलेले गर्ने कुरा । यस्तो समस्याले लेखमायालाई के गर्नु न कसो गर्नु हुन थाल्यो । दिनेशलाई हेर्न घर पुग्ने जो कोहीले पनि विदेशबाट बौलाएर आएछ मात्रै भन्थे ।
दिनेशको व्यवहार पनि त्यस्तै थियो । दिनेशका साथी केबी सुनुवारलाई अहिले पनि त्यतिबेलाको दिनेशको अवस्था याद आउँछ । ‘पागल मान्छे जस्तै व्यवहार देखाउथ्यो त्यतिबेला’ केबीले भने ।
त्यति मात्रै होइन । छरछिमेकको घरमा पुग्दा होस या गाउँका चिया पसलमा । उनी मलेसियाकै भाषामा चिया माग्थे । त्यो देखेपछि त गाउँलेले बौलाएछ भन्ने नै भए ।
एकातिर छोराको बिग्रिएको अवस्था अर्काेतिर आफन्त र गाउँलेले गर्ने कुरा । यी सबै कुरा सहन लेखमायालाई गाह्रो हुन्थ्यो । ‘देख्ने र सुन्ने सबैले तपाइँको छोरो त अनुहार देखाउन मात्रै आएको होला भन्थे त्यतिबेला मलाई कस्तो हुन्थ्यो होला बाबु ।’
माया मारेका मान्छे फर्किंदा परिवारसँगै गाउँले पनि खुसी थिए । दिनेशको यस्तो व्यवहारले खुसीसँगै चिन्ता पनि भित्रियो परिवारमा ।
दिनेश आफन्त नै चिन्न नसक्ने भएर फर्केका थिए । गाउँ ठम्याए पनि आफन्त र तिनका घर चिन्ने अवस्थामा थिएनन् उनी । जेल बसेर फर्कदा दिनेशलाई मनोसामाजिक समस्या भएको थियो ।
मानिसले सोचेको जस्तो नहुँदा ऊ तनावमा पर्छ । यसकै कारण देखिने समस्या नै मनोसामाजिक समस्या हो । कसैले धम्क्यायो, जिस्क्यायो, एक्ल्यायो, आरोप लगायो भने मानिस मनोसामाजिक समस्यामा पर्छ । त्यसैले मनोविदहरु यसलाई व्यक्ति र समाजबीच हुने अस्वस्थ अन्तरक्रियाले उत्पन्न हुने समस्या भन्छन् ।
यस्ता समस्या कसैलाई प्राकृतिक प्रकोपका कारण देखापर्छ त कसैलाई पारिवारिक कलह वा घरेलु हिंसा, दुव्र्यवहार, कुटपिट तथा गालीगलौच, लागु पदार्थको प्रयोग, दिर्घरोगी, भेदभाव तथा पक्षपातपूर्ण व्यवहारले गर्दा ।
मनोसामाजिक समस्यामा परेका व्यक्तिहरु एकान्तमा बस्ने, भविष्यबारे योजना बनाउन नसक्ने, पहिलेका नराम्रा कुराहरुको याद आइरहने, खाना खान मन नलाग्ने, उत्तेजनात्मक वा झगडालु व्यवहार देखाउने, ध्यान केन्द्रित गर्न नसक्ने, आफूलाई नराम्रो लागेको व्यवहार सम्झिरहने हुन्छन् ।
दिनेशलाई पनि यस्तै भयो । घर आएको महिना दिन बितिसक्दा पनि दिनेश मलेसियामा जेल परेको कुरा र बुवा र बहिनीको निधन भएको कुरा सम्झिरहन्थे ।
दिनेशका बारेमा सामाजिक परिचालक मार्फत मन्थलीमा रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा खबर आइपुग्यो । जानकारी पाएपछि मनोसामाजिक परामर्शकर्ता नोर्वु योञ्जन दिनेशकै घरमा पुगे ।
मनोसामाजिक परामर्श दिन थाले । नोर्वुले पहिलो पटक भेट्दा दिनेश मलेसियाबाट फर्किएको डेढ महिना भएको थियो । तर अवस्था बीसको उन्नाइस भएको थिएन् । ‘मैले भेट्दा पनि उहाँ के भाषामा बोल्नुहुन्थ्यो मैले नै बुझ्दिनथेँ’ नोर्वु नोर्बु भन्छन् ।
सुरुमा नोर्वुले उन समस्यामा पर्नुको कारण पत्ता लगाए । केही कुुरा दिनेशले सुनाए अनि केही कुरा आमा र भाइले । त्यसकै आधारमा उनले परामर्श सुरु गरे । दिनेशलाई १० वर्षको जेल बसाईले समस्यामा पारेको थियो । त्यसमाथि घर फर्किएपछि बुवा र बहिनीको निधनको खबरले पनि थिचेको थियो ।
दिनेशको अवस्था बुझेका नोर्बुले परिवारलाई पनि दिनेश समस्यामा पर्नुको कारण र त्यसबाट बाहिर निकाल्न परिवारले खेल्नुपर्ने भूमिका बारे बुझाए ।
७ हप्ताको परामर्श र औषधोपचारपछि दिनेशको अवस्था धेरै सुधार भएको छ । ‘सुधार भएको कुरा दिनेशको व्यवहार हेरेर थाहा पाउने हो । उनको व्यवहारका आधारमा भन्दा ८० प्रतिशत जति ठिक भएको छ’ मनोपरामर्शकर्ता नोर्बुले भने ।
दिनेशको अवस्था सुधार हुनुमा मनोसामाजिक परामर्शसँगै परिवारको पनि उत्तिकै ठूलो भूमिका छ । परिवारले दिनेशलाई खाली बस्न दिएको छैन । ‘त्यतिकै बस्यो भने त्यही कुरा याद आइहाल्दो रैछ’ आमा लेखमाया भन्छिन ‘त्यसैले उसलाई मैले एक्लो हुन दिएको छुइन ।’
मनोसामाजिक समस्याबाट जोगिन अनि समस्यामा परिसकेपछि पनि त्यसबाट निस्किन व्यक्ति आफ्नै भूमिका महत्वपूर्ण हुन्छ भन्छन मनोविद्हरु । समस्यामा परेको व्यक्तिले आफैले पनि आफूलाई सम्हाल्नुपर्छ । तर कसरी सम्भव छ ।
‘दिनेश जीले आफैले गरेको कुरा के हो भने उहाँ केही न केही काम गरिरहनुहुन्छ । कुनै कुराले पुराना कुरा याद आउन खोज्यो भने आफैं अर्को काममा लागिहाल्नुपर्छ दिनेश जीले त्यही गरिरहनुभएको छ’ नोर्वुले आफूले आफैलाई सम्हाल्ने तरिका बताए ।
हेर्दै अचम्म लाग्ने भएर आएको छोरामा आएको परिवर्तनले लेखमाया दङ्ग छिन । ‘त्यति बेलाको मान्छे हेर्दा तर साँच्चै गाउँले भने जस्तै अनुहार मात्रै देखाउन आएको होला जस्तो लाग्थ्यो तर अहिले त राम्रो भएको छ’ लेखमाया भन्छिन । लेखमाया मात्रै होइन आफन्त र परिवार पनि दिनेशको अवस्था सुध्रिएको देखेर छक्क पर्छन् ।
अहिले दिनेश घरको मात्रै होइन खेतबारीको काम पनि गर्छन् । घरको कुलपूजा पनि गर्न थालेका छन् ।
अब त दिनेशको बिहे गरिदिने साचेकी छन् लेखमायाले । यस बारेमा छोरासँग सल्लाह पनि गरिन तर दिनेशले मानेका छैनन् । ‘यसको बिहे गर्दिन पाए मलाई सन्तोक हुन्थ्यो’ लेखमायाले आफ्ना इच्छा सुनाइन ।