नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामचन्द्र वि.क
रामेछापः नेपाली काँग्रेसका नेता एवं पूर्व युवा तथा खेलकुद मन्त्री बलबहादुर केसीले सबै मिलेर सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा कार्यकर्ता भेटघाटको क्रममा पूर्वमन्त्री केसीले अहिले सरकारको गतिविधिलाई सबै मिलेर खबरदारी गर्नुपर्ने बताएका हुन् ।
सरकारले अधिनायकवाद लाद्न खोजिरहेको भन्दै सबै मिलेर सरकारको गतिविधिलाई खबरदारी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई थियो ।
साथै उनले नेपाली काँग्रेसको महासमिति बैठक निर्धारित मितिमा नभएर पटक–पटक सारिनु केन्द्रीय समितिको कमजोरी भएको पनि बताए ।
जिल्लाका पार्टी कार्यकर्ताले केन्द्रले के गर्छ वा गर्दैन भनेर पर्खनु भन्दा पनि गाउँ गाउँमा आफ्नो संगठन बिस्तारको काममा लाग्न जिल्लाका कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।
किसुनजी र गणेशमानजिको जस्तो लगनसिलता र मेहनती पन काँग्रेसका नेताहरुमा नभएका कारण पार्टीले अधिकांस स्थानमा पराजित हुनुपरेको उनले बताए । काँग्रेस सफल हुनको लागि किसुनजी र गणेशमाने देखाएको बाटामा हिडनु पर्ने उनको भनाई छ ।