नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
राजिव कार्की
रामेछाप– नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ मन्थली क्याम्पस इकाई समितिले नव आगन्तुक विद्यार्थीको लागि स्वागत कार्यक्रम गरेको छ । क्याम्पसमा स्नातक तह प्रथम वर्षमा बाहिरबाट भर्ना हुन आएका विद्यार्थीलाई नेविसंघ क्याम्पस इकाइले स्वागत गरेको हो ।
स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघ क्याम्पस ईकाई सभापति सन्तोष सुवेदीले शिक्षालाई सबै नागरिकको पहुँचमा पुग्ने गरी व्यवहारिक र सर्वशुलभ बनाउनुपर्ने बताए ।
देशमा शिक्षा पद्धति परम्परागत भएको बताउँदै अब शिक्षालाई व्यवहारिक र वैज्ञानिक बनाउनु पर्नेमा उनको भनाई छ । ‘जवसम्म शिक्षाको स्तर माथि उठ्न सक्दैन, तवसम्म समाजमा विकास र परिवर्तन संभव हुदैन’ सुवेदीले भने– ‘अव आधुनिक शिक्षाको ज्योति गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्न आवश्यक छ । नव आगन्तुक विद्यार्थीहरुलाई सभापति सुवेदीले मेहनतका साथ अध्ययन गर्न आग्रह पनि गरे ।
विद्यार्थीको शैक्षिक भविष्य उज्जवल पार्न तथा क्याम्पसको शैक्षिक, भौतिक वातावरण सुधारका लागि आँपूm संधै तत्पर रहने उनले बताए । यसअघि पनि विद्यालयमा फ्रि–वाईफाई जडान गर्नुका साथै मेहनत र जेहेनदार विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था गर्दै आएका सुवेदीले विद्यार्थीहरुलाई आपूmसंग भएको उर्जालाई समाज रुपान्तरण र सामजिक हितमा लगाउन आग्रह गरे ।
फरक प्रसंगमा सभापति सुवेदीले पढाइसँगै विद्यार्थीले राजनीति पनि बुझ्न जरुरी रहेको बताए । वर्तमान समयमा मुलकको राजनीतिमा विभिन्न विकृति भित्रिएको बताउँदै उनले त्यो विकृति अन्त्यका लागि नेविसंघ डटेर लाग्ने बताए ।
पछिल्लो समय मुलुकमा अराजकता भित्रिएको र सरकार बहुमतको आडमा अधियनकवादतर्फ उन्मुख भएको उनको आरोप छ । निर्मला पन्त हत्याकाण्डका आरोपीलाई कारबाही गर्न पनि उनले सरकारसंग माग गरे ।
नव आगन्तुक विद्यार्थीको स्वागतमा आयोजना गरिएको कार्यक्रमलाई नेविसंघ रामेछापका अध्यक्ष शुशिल अधिकारी, क्याम्पसका शिक्षकहरु, नेविसंघ रामेछाप पदाधीकारी लगायत विद्यार्थी नेताहरुले सम्वोधन गरेका थिए ।