रामेछाप- रामेछापका किसानहरुले उत्पादन गरेको कृषिउपज वस्तुहरु राख्न सित भण्डार (चिस्यान) केन्द्र निर्माण गरिएको २ वर्ष वितिसक्दा पनि अलपत्र अवस्थामा रहेको चिस्यान केन्द्र अझै सञ्चालमा आउन सकेको छैन् ।
जिल्लाका २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटा स्थानीयतह रहेको रामेछापमा सबै स्थानीय तहहरुको अपाएक ठाउँमा कृषि मन्त्रालयले सदरमुकाम मन्थलीको मन्थली नगरपालिका–१ सानिमदौमा चिस्यान केन्द्र राख्ने गरी निर्माण गरेको छ । मन्त्रालयले किसानहरुको हितमा ध्याननै नदिइ केही नेताको पहुँचको भरमा उक्त चिस्यान केन्द्र निर्माण गरिएको आरोप अधिकांस किसानहरुले लगाउँदै आएका छन् ।
अपायक ठाउँमा चिस्यान केन्द्र निर्माण हुँदा उत्पादित बस्तुु लैजानै मुुस्किल पर्ने चिस्यान केन्द्र निर्माण भएको आसपास क्षेत्र मन्थली नगरपालिकामा उत्पादन हुने तरकारीहरु बजारमै अपुग हुने भएकाले किसानहरुले चिस्यान केन्द्र पु¥याउनै पाउँदैनन् । सदरमुकाम मन्थली बजारमा तरकारी, फलफलु लगायत कृषिउपजहरु उत्पादन हुने खेतीयोग्य जमिन कमी, अर्कोतिर खेती योग्य जमीनमा सहरीकरण हुँदै गएपछि खेत मासिदै गएकाले पनि मन्थलीमा चिस्यान केन्द्र आवश्यक नभएको किसानहरु बताउँछन् ।
विशेषगरी तरकारी र जुनार उत्पादनहुने उर्वर भूमी रामेछाप नगरपालिकामा पदर्छ । रामेछाप नगरपालिकाको ओखे्रनी, सालु, रामपुर, सुकाजोर र रामेछाप लगायतका वडाहरुमा वढी मात्रामा तरकारी उत्पादनहुने गर्दछ । त्यसैगरी सुकाजोर, ओख्रेनी, सालु र रामेछापमा सुन्तला, कागती, जुनार, नासपाती, स्याउ, अकबरे खर्सुानी लगायतका कृिष उपजहरु उत्पादन हुने गर्दछ ।
ती कृषिउपजले पुरानो सदरमुकाम रामेछापडाँडामा रहेको बजार र मन्थली वजारसम्मका उपभाक्ताहरुले उपभोग गर्दै आएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान टीकाराम तामाङले जानकारी दिए । उनले भने– कृषि मन्त्रालयले चिस्यान केन्द्र निर्माण गर्दा कुन ठाउँमा वढी मात्रामा किसानहरुले कृषि उपज उत्पादन गर्दछन् सो ठाउँ हेर्नु पर्नेमा त्यसो नगरी नेताको चाकडी र भनसुनमा परी किसानलाई पाएक नै नपर्ने ठाउँमा चिस्यान केन्द्र निर्माण गरिनु गलत छ ।
अहिले निर्माण भएको चिस्यान केन्द्रमा पालिकाबाट सदरमुकामसम्म पुर्याउन वढी खर्चिलो हुने र किसानहरुले सोचे अनुसारको रकम पाउन नसक्ने भएकाले हाल निर्माण भएको चिस्यान केन्द्र उमाकुण्ड र गोकुलगङ्गा गरी दुई गाउँपालिकाका किसानलाई सहज हुन नसक्ने उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले बताउँछन् ।
यता दुर्गम गाउँमा रहेको दोरम्वा गाउँपालिकाका किसानलाई मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र कुनै पनि तरिकाले पाएक नपर्ने भएकाले किसानले उत्पादन गरेको कृषिउपज वस्तुहरु पु¥याउन असम्भव भएको शैलुङ दोरम्वा गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताइन् ।
उनले भनिन्– दर्गुम गाउँमा रहेका किसानहरुको बिषयमा सोच विचार नै नगरी चिस्यान केन्द्र निर्माण गरिएको छ । गाउँमा एकातिर कच्ची सडक, अर्कोतिर यातायातको असुिवधाका कारण अहिले पनि किसानले डोकोमा बोकेर बिक्री गर्नुपर्ने अवस्थामा कसरी चिस्यान केन्दसम्म पु¥याउन सक्छन् थापामगरले प्रतिप्रश्न गरिन ।
मन्थली नगरपालिका–१ सानिमदौमा ५ सय मेक्ट्रिक्टन क्षमताको फलफुल तथा तरकारी राख्न मिल्ने चिस्यान केन्द्रको निर्माण गरिएको छ । उक्त चिस्यान केन्द्र निर्माणको लागि बागमती प्रदेश सरकारबाट ५ करोड र मन्थली नगरपालिकाबाट २ करोड १० लाख रुपैयाँ गरी ७ करोड १० लाखको लागतमा निर्माण गरिएको हो ।
जिल्लाको ८ वटा स्थानीय तहमा बढी मात्रामा कृषिउपज उत्पादन हुने रामेछाप नगरपालिकाको ओखेन्री, सालु, रामपुर, सुकाजोर र रामेछाप कृषिउपज गर्दछन् । सो ठाउँ हेर्नु पर्नेमा त्यसो नगरी नेताको चाकडी र भनसुनमा परी किसानलाई पाएक नै नपर्ने ठाउँमा चिस्यान केन्द्र निर्माण गरिनु गलत छ । अहिले निर्माण भएको चिस्यान केन्द्रमा किसानहरुले उत्पादन गरेको सामग्री लैजान समस्या छ ।
त्यस्तै रामेछापको उत्तरी क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका र गोकुलगङ्गा गाउँपालिकामा आलु, चिया, अलैची र किबी लगायतका कृषिउपजहरु बढी मात्रामा हुने गर्दछ । उत्तरी क्षेत्र यातायातको हिसाबले अति नै विकट भारी वर्षात हुने र सडक तहसनहस हुँदा यसैगरी काभ्रे जिल्लाको सिमानामासँगै जोडिएको सुनापति गाउँपालिकाको लागि मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र झनै अपाएक स्थानमा पर्ने सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङ बताउँछन् ।
उनले भने–सुनापतिका किसानले उत्पादन गरेका कृषिउपज वस्तहुरु मन्थली पु¥याउने खर्चले काभे्रको बनेपा बजारसम्म सहजै पु¥याउन सकिने भएकाले मन्थलीको चिस्यान केन्द्र सुनापतिका किसानलाई काम लाग्दैन