Logo

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन



Share this

नवराज विश्वकर्मा


रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमाले रामेछापले दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत चयन भएका छन् । रामेछापबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु सर्वसम्मत चयन भएको नेकपा एमाले रामेछापले जनाएको छ ।
महाधिवेशनका लागि खुल्लातर्फ १२ जना, महिलातर्फ पाँच जना र मुक्ति समाजतर्फ दुई जना प्रतिनिधि छनौट भएका छन् । खुल्लातर्फ छनौट भएका महाधिवेशन प्रतिनिधिहरुमा गोकुलगंगा गाउँपालिका वडा नं. ५ का शान्ति प्रसाद पौडेल, दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. ३ का तुलाप्रसाद कँडेल, दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. ६ का रत्नप्रसाद गौतम, मन्थली नगरपालिका वडा नं. ६ का आनन्द श्रेष्ठ, मन्थली नगरपालिका वडा नं. २ का ध्रुव कार्की, उमाकुण्ड गाउँपालिका वडा नं. ३ का चित्रबहादुर कार्की, रामेछाप नगरपालिका वडा नं. ३ का होतराज ढकाल, खाँडादेवी गाउँपालिका वडा नं. ३ का शम्भु श्रेष्ठ, खाँडादेवी गाउँपालिका वडा नं. ७ का प्रेमबहादुर तामाङ, सोही गाउँपालिकाको वडा नं. ८ का प्रेमबहादुर खड्का र लिखुतामाकोशी गाउँपालिका वडा नं. ६ का पुरुषोत्तम कडरिया रहेका छन् ।
त्यसैगरी महिलातर्फ उमाकुण्ड गाउँपालिका वडा नं. ३ की गंगा कार्की, मन्थली नगरपालिका वडा नं. ५ की गीता कार्की, लिखु तामाकोशी गाउँपालिका वडा नं. ६ की दिपशिखा दाहाल, मन्थली नगरपालिका वडा नं. ११ की माया कार्की र गोकुलगंगा गाउँपालिका वडा नं. १ की हेमकुमारी तामाङ रहेकी छन् ।
यसैगरी, मुक्ति समाजतर्फ मन्थली नगरपालिका वडा नं. ११ का मानबहादुर विश्वकर्मा र सोही नगरपालिकाको वडा नं. ७ का गणेश वि.क. रहेका छन् । दशौँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुबाट सर्वसम्मत चयन भएको नेकपा एमाले रामेछापले जानकारी दिएको छ ।

Share this
प्रतिक्रिया दिनुहोस्