रामेछाप । नेकपा एमाले रामेछापको जारी आठौँ अधिवेशन अन्तर्गत अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष पदका लागि प्रेमबहादुर तामाङ, आनन्दकुमार श्रेष्ठ र झम्क कँडेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नबराज घिमिरेले जानकारी दिए ।
त्यसैगरी उपाध्यक्ष पदमा इन्द्रबहादुर तामाङ, रमेश वाग्ले, नारायणप्रसाद पौडेल, भुवनविक्रम घिमिरे, ध्रुबकुमार कार्की र सुमनकुमार लामाले उम्मेदवारी दिएका छन् । सचिवका लागि पुरुषोत्तम कडरिया, गोपाल श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी उप–सचिवमा प्रकाशकुमार कार्की, चन्द्रबहादुर मानन्धर, केशवकुमार प्रधान र होतराज ढकालको उम्मेदवारी परेको छ । अधिवेशनमा ८ सय १४ जना प्रतिनिधिहरुले मतदान गर्नेछन् ।