६ कार्तिक, रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा रहेको रामेछाप विमानस्थल क्षेत्रमा पसल तथा होटल सञ्चालनको नाममा कालोबजारी गर्ने ब्यवसायिहरुलाई जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थल क्षेत्रमा ब्यवसाय सञ्चालन गरि उपभोक्तलाई ठगि गर्ने ब्यवसायिलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा टेकर्स ट्रान्जिट क्याफेका सञ्चालन पासाङ ल्हामू शेर्पा र एभरेष्ट गेटवे मिनीमाट सञ्चालक जयकृष्ण अधिकारी रहेका छन् ।
क्याफे सञ्चालक शेर्पाले चियाको १ सय रुपैयाँ, फ्राइगरेको एक प्याकेट चाउचाउँको ३ सय ५० रुपैयाँ, बोतलमै ३० रुपैयाँ मूल्य छापिएको पानी ८० रुपैयाँमा बिक्री गरेको, सादा खानाको ५ सय रुपैयाँसम्म लिएको र मदीरा तथा चिसो पेय पदार्थमा पनि खरिद मूल्य भन्दा ४ गुनासम्म बढि मूल्य लिएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जानकारी दिएको छ । मन्थलीमा सादा खानाको मूल्य १ सय ५० रुपैयाँ रहेको छ भने चिया अधिकतम २५ रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी मिनीमार्ट सञ्चालक अधिकारीले पनि उत्पादक कम्पनीले निर्धारण गरेको बिक्री मूल्यभन्दा ४ गुनासम्म बढि मूल्यमा बिक्री गरेको पाइएको थियो ।
ड्राइपूmडमा उत्पादक कम्पनीले छापेको मूल्यलाई छोपेर ब्यापारी आपैmले ४ गुनासम्म बढी मूल्यको स्टिकर टाँसेर विदेशी तथा स्वदेशी पर्यटकमाथि ठगि गरिरहेको फेला परेको हो ।
४ सय रुपैयाँ पर्ने विस्कुट ८ सय ५० रुपैयाँमा र ६० रुपैयाँको बिस्कुटलाई ३ सय ५० रुपैयाँसम्मा बिक्री गरेको पाइएको छ । एयरपोर्ट क्षेत्रका ब्यवसायिहरुले ठगी धन्दा चलाएको गुनासो आएपछि जिल्ल प्रशासन कार्यालय रामेछापले अनुगमन गर्ने क्रममा त्यस क्षेत्रका होटल तथा ब्यापारीहरुले प्रत्येक बस्तुमा निर्धारीत मूल्य भन्दा चौबर बढी मूल्यमा बिक्री गरिरहेको पाइएपछि उनीहरुलाई कालोबाजारी ऐन अन्तर्गत पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
ब्यवसायिहरुलाई पटक–पटक सचेतना दिंदा पनि उपभोक्तामाथि गठी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो । कालोबाजारी ऐन अन्तर्गत २ लाख ५० हजार रुपैयाँसम्म जरिवा वा १ वर्ष जेल सजाय वा दुई सजाय गर्नसक्ने कानूनी ब्यवस्था छ ।