Logo

चालू आर्थिक वर्षमा सडक कालोपत्रे गर्न रामेछापमा १ अर्ब : ढुङ्गेल



Share this

रामेछाप । बागमत प्रदेशका निवर्तमान अर्थ तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले रामेछापमा चालू आर्थिक वर्षमा सडक कालोपत्रेका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको बताएका छन् । आगामी वर्षमा रामेछापमा १ सय ६१ किलोमिटर सडक कालोपत्रे सम्पन्न हुने बताए ।
खाँडादेवि गाउँपालिकाले आइतबार आयोजना गरेको २०७६÷०७७ को वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा ढुङ्गेलले यस्तो बताएका हुन् । हालसम्म रामेछाप जिल्लामा ६४ किलोमिटर सडक कालोपत्रे भएको छ ।
त्यस्तै जिल्लाभरी ८ वटा पक्की पूल निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको ढुङ्गलले बताए ।
नेकपा एमालेका अध्यक्ष निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको जनपक्षीय कामबाट अत्ताल्लिएर कम्युनिष्ट विरोधीहरुले एमाले नेतृत्वको सरकार ढालेको आरोप समेत लगाए ।

Share this
प्रतिक्रिया दिनुहोस्