सुरेश प्रसाद अर्याल ‘कान्छो’
बिहान उठ्छु,
सुताई भय पो उठाई हुन्छ,
सपनी भए पो बिपनी हुन्छ,
तर मेरो अचलताले काहा
समयको चाल रोकिन्छ र!
रोक्न त म पनि चाहान्न समयको चाल,
हो,बरु मिल्ने भए,
समय नि सौदाबाजीमा बिक्ने भए,
मेरो भविश्य धितो राखी
अतितमा फर्कन्थे केहि छण
अनि ति हाँशोलाई आँशुमा साटिदिन्थे,
आँशुलाई हाँशोमा अनि
फर्केर बर्तमानमा फेरि
यहि जीवन बाँच्थे
किनकि
मेरो सुत्नु वा उठ्नुको,
हाँस्नु वा रुनुको,
खुट्टाले टेक्नु वा हातले टेक्नुमा
भिन्नता नरहनुको कारण
अभाव होईन,कारण cialis generique हो
कसैको प्रश्न,कसैको मौन्ता,
कसैको आरोप अनि
म संग न हुन जवाफ हो
ल१छोडौ यि कुरा, केहि पुरा केहि अपुरा,
हो१ प्रत्येक बिहान म उठ्छु,
त्यो त हो सुताई भए पो उठाई हुन्छ,
ल भैगो मैले ओच्छयान छोड्नुलाई नै उठाई भने,
जसरि जे जसो बाँचे नि जीवन भएसरि,
मलाई देखी घाम हाँस्छ,
अनि म नि हाँसिदिन्छु
किनकि ऊ र म मा के पो फरक छ र !
अनि एक आर्कालाई गिज्येउदै
समयको बालुवामा कठोर महेनत गर्न थाल्छौ
डल्ले साहुका हलगोरुले सरि ……”