१ चैत, रामेछाप
नयाँ संरचन लागू भएसँगै स्थानीय तहका कर्मचारीलाई चटारो परेको छ । जिल्ला विकास समितिको कर्मचारी नयाँ लेटर प्याड छाप्न, नयाँ संरचना अनुसारको बोर्ड फेर्ने र छाप बनाएर काम सुरु गर्ने तयारीमा जुटेका छन् ।
पुराना स्थानीय संरचना रद्द भई नयाँ संरचनाअनुसार गाउँपालिका र नगरपालिकाको व्यवस्था गरेपछि गाविस र नगरपालिकाका कर्मचारीहरू समेत अन्योलमा परेका छन् ।
रामेछाप जिल्ला समन्वन्य समितिको बैठकले नयाँ संरचनाअनुसार ८ पालिकामा निमित्त कार्यकारी तोकेसँग विषेश गरि गाउँपालिकामा काम कसरी गर्ने भन्ने कर्मचारीमा अन्योलता सिर्जना भएको छ ।
नयाँ संरचनाअनुसार रामेछाप जिल्लाको ८ पालिकाहरुमा निमित्त कर्मचारीहरु तोकिएको छ । जसमा उमाकुण्ड गाउँपालिका केशरबहादुर खत्री, गोकुलगंगा गाउँपालिका ढालविक्रम कार्की, लिखु गाउँ पालिका केहरमान तामाङ, रामेछाप नागरपालिका गणेश नेपाली, मन्थली नगरपालिका पुरुसोत्त सापकोटा, दोरम्बा गाउँपालिका लालबहादुर श्रेष्ठ, सनापाति गाउँपालिका धनश्याम थपलिया र खाँडादेवि गाउँपालिकाको निमित्तमा पासाङकुमार लामालाई तोकिएको छ ।
स्थानीय विकास मन्त्रालयले तत्कालै कर्मचारीहरू व्यवस्थापन गरी स्थानीय तहको शासन सञ्चालनका लागि निर्देशन दिएपछि जिल्ला समन्वय समितिको कार्यालयले सोमबार नै जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकामा प्रमुखहरूको व्यवस्था गरी कर्मचारी खटाएको स्थानीय विकास अधिकारी दिनेश राज पन्तले बताए ।
तत्कालीन गाविस सचिवमध्येबाट छनौट गरेरका गाउँपालिका प्रमुखको जिम्मेवारी दिइएको हो । ‘केन्द्रबाट कर्मचारी नपठाउँदासम्म जिल्ला समन्वय समितिले तोकेको कर्मचारीले कम प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् ।
गाउँपालिकाको काम तत्कालै सुरु हुने जिल्ला समन्वय समित रामेछाले जनाएको छ । गाउँपालिका र नगरपालिकामा कर्मचारी व्यवस्थापन गर्दा सबै स्थायी र अन्य सेवा समूहबाट पनि हुने भएपछि यसअघि स्थानीय तहमा कार्यरत कर्मचारीहरू कता व्यवस्थापन हुने हो भन्नेमा कर्मचारीमा अन्योलता देखिन्छ ।
खाडी मूलुकमा रहेका नेपालीले सञ्चय कोषमा बचत गर्न पाउने
विदेशमा कमाएको रकम बचत गर्न नसक्ने समस्या धेरै नेपालीमा छ । खर्चलाई व्यवस्थित गर्न नसक्दा विदेशमा जति कमाए पनि भविष्यको लागि बचत गर्न नसकेको हो ।
खर्चको ब्यवस्थापन गर्न नसक्दा बैदेशिक रोजगारीबाट स्वदेश फिर्ता भए पछि पनि परिवारको समस्या उस्तै रहँदा परिवारको समस्या परिपूर्तिको लागि फेरि वैदेशिक रोजगारीमा नै फर्कने गरेका छन् धेरैले ।
सोही कुरालाई मध्यय नगर गर्दै नेपाल सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीको वित्तिय व्यवहारमा परिवर्तन गराई विदेशमा कमाएको पैसा संचय कोषमा बचत गर्न पाउँने अवसर सहितको कार्यक्रम ल्याउँन लागेको छ ।
यसले वैदेशिक रोजगारीमा रहेको नेपालीमा बचत गर्ने बानीको विकास हुने र कमाएको रकम पनि सुरक्षित हुने भएकोले सञ्चयकोष बचत कार्यक्रम ल्याउन लागेको हो ।
बचत गर्ने बानीको बिकास गराउन साथै कमाएको पैसा बचाएर ल्याउन नपाउनेहरुलाई सरकारले बचत गर्ने अवसर सहितको कार्यक्रम ल्याउन लागेको हो ।
कर्मचारी संञ्चय कोषले विदेशमा काम गर्ने नेपालीले कमाएको रकम बचत गराउन अन्तिम कसरत गरिरहेको र आगामी एक वर्षभित्र यसलाई कार्यान्वयनमा ल्याउने योजना हालै सार्वजनिक गरेको छ ।
यस किसिमको कार्यक्रमले रेमिट्यान्स वापत प्राप्त हुने रकमको थप ब्यवस्थित हुने र खाडी लगायत मलेसियामा रहेका तीस लाख बढि नेपालीको भविष्य समेत राम्रो हुने सरकारी श्रोतको भनाई छ ।
बचतकर्ताले संञ्चयकोषमा बचत गर्दा के पाँउछन् ?
आफूले विदेशमा कमाएको पैसा गन्तव्य मलुकबाट सिधै कोषमा जम्मा गर्न पाउँने भएकाले बचत कर्तालाई उपयोग गर्न सजिलो हुनेछ भने अहिले कर्मचारी संञ्चयकोष अन्र्तगतका सरकारी कर्मचारीहरुले (बचतकर्ता) पाइरहेका सबै सुविधा समेत पाउने छन् । खाडीको चर्को घाममा काम गरेर कमाएर घरमा पठाएको पैसा घरायसी तथा विलासिताका सामान खरिदमा हुने खर्चमा कम गरि मितव्ययी बन्नको लागि मद्दत पुग्नेछ । अनिवार्य रुपमा बचत गर्नुपर्ने भएकाले कमाएको पैसा तत्कालै खर्च हुने सम्भावना समेत टरेर जानेछ ।
कुन मूलुक र कहिलेबाट सुरु हुँदैछ ?
पहिलो चरणमा साउदी अरेविया, कतार, युएई, कुवेत, बहराईन र ओमन अर्थात् खाडी मूलुकहरुबाट सुरु हुँदैछ भने त्यसपछि लगत्तै मलेसिया लगायत अन्य मूलुकमा पनि यो सेवा सुचारु गर्ने सरकारले योजना सार्वजनिक गरेको छ ।
जसको लागि कर्मचारी सञ्चय कोष ऐन २०१९ को संसोधन भइसकेको र नियमावली पनि चाँडै संसोधन हुने कार्यक्रममा उल्लेख छ ।
बचत जम्मा गर्न के गर्नुपर्छ?
प्रवासी कामदारहरुको नाममा कोषमा खाता खोल्ने र त्यसैमार्फत् बचत रकम भुक्तानी गर्नुपर्नेछ । खाडीमा रहेका नेपाली कामदारहरुलाई महिनै पिच्छे बचत गर्न झन्झट हुने भएकाले तिन वा छ महिनामा बचत गर्न मिल्ने गरि कार्यक्रमलाई सकभर सजिलो र विश्वसनीय बनाउन लागिपरेको श्रोतको भनाई छ ।