Logo

निर्वाचनका बेता जनतासँग गरेको बाचा अनुसार काम गरिरहेको छः ढुङ्गेल



Share this

रामेछाप – प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले रामेछाप जिल्लाको विकासको आफू रातदिन खटिइरहेको बताएका छन् ।
निर्वाचनको बेला जनतासँग गरेको बाचा अनुसार प्रदेश सरकारले काम गरिरहेको मन्त्री ढुङ्गेलले बताए । जिल्लामा विकास निर्माणको कामलाई तीब्रता दिइएको पनि ढुङ्गेलले बताए ।
रामेछापको सुुनापती गाउँपालिका–१ गुन्सीमा रहेको शतलिङगेश्वर माध्यमिक विद्यालयको ६२ आंै बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ढुङ्गेलले यस्तो बताएका हुन् ।
रामेछापलाई समृद्ध बनाउने कार्यमा आफू अहोरात्र लागिरहेको ढुङ्गेललको भनाई छ । जिल्लाका तीन वटा ठूला सडक कालोपत्रे गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको साथै अस्पताल सञ्चालन र प्रहरी चौकी निर्माणको लागि पनि बजेट विनियोजन भइसकेको ढुङ्गेलले बताए ।
मन्त्री ढुंगेलले स्वास्थ्य, शिक्षा, कृषि, सडक र पर्यटन क्षेत्रको विकासमा विशेष ध्यान दिएको बताउदै प्राथमिकता निर्धारण गरेर नै काम अगाडि बढाइएको बताए । सरकारले केही काम गरेन भनेर गलत प्रचार गरेको भइरहेको पनि उनले बताए ।
मन्त्री ढुङ्गेलले सामुदायिक विद्यालयको सुधारको लागि सरकारले कार्यक्रम अगाडि बढाएको भन्दैै जिल्लाको शतलिङगेश्वर माविको स्तरउन्नती गर्ने कार्यमा पनि आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
रामेछापको समग्र विकास र समृद्धिको लागि प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर काम गर्ने मन्त्री ढुंगेलको भनाई छ ।

Share this
प्रतिक्रिया दिनुहोस्