रामेछाप । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेका केन्द्रिय सदस्य कैलाश ढुङ्गेलले नेपालको राजनीति एमाले अध्यक्ष केपी शर्मा ओलीको वरिपरि घुमिरहेको बताए । नेकपा एमाले रामेछापले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
नेकपा एमाले रामेछापका इञ्चार्ज समेत रहेका ढुङ्गेलले सरकारमा हुँदा र नहुँदा पनि नेपालको राजनीतिको केन्द्र भागमा एमाले रहेको बताए । हिजो एक समय काँग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको पेरिफेरिमा घुम्ने गर्दथ्यो त्यस्तै अहिले नेपालको राजनीति ओलीको वरिपरि घुमिरहेको छ ढुङ्गेलले भने ।
नेपालको राजनीतिमा केपी ओली जतिको काबिल नेता अरु नभएको उनले दवि गर्दै यसमा आपूmलाई गर्व लाग्ने ढुङ्गेलले बताए ।
बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ढुङ्गेलले एमालेले संसदमा प्रतिपक्षीको सशक्त भूमिका निर्वाह गरिहेको बता । सभामुख अग्नी सापकोटाको भूमिका सभामुखको नभई माओवादी कार्यकर्ताकोजस्तो भएको भन्दै असन्तुष्टि समेत ब्यक्त गरे ।
सांसदलाई कारबाहीको सम्बन्धमा एकै प्रकृतिको सिफारिस माआवोदीले पेश गर्दा सूचना निकालेको र एमालेले पेश गर्दा सूचना नै नदिई टारेकाले आफूहरु अदालत जान बाध्य भएको उनले बताए । सभामुखले एमालेप्रति इष्र्या साँधेको ढुङ्गेललको भनाई छ ।
अगामी निर्वाचनमा एमालेले संघ, प्रदेश र स्थानीय तीनै तहमा बहुमत प्राप्त गर्ने उनको दाबी छ । अहिले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भए पनि भोलिका दिनमा एमालेसँगै एकता हुने ढुङ्गेलले जिकिर गरे । माधव नेपालले आफ्नै पार्टी अध्यक्षको नेतृत्को सरकारलाई ढालेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनार नेपालको इतिहासमै कलंकित भएको बताए । एमालेलाई कमजोर बनाएर नेपालको शासन चल्नै नसक्ने उनको भनाई छ । अहिलेकोे गठबन्ध धेरै समय नटिक्ने समेत उनले दावि गरे ।