रामेछाप- पुननिर्माणको कामलाई थप प्रभावकारी बनाउन राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थानीय सरकारबीच ९ बुँदे समझदारी भएको छ ।
भूकम्पबाट अतिप्रभावित जिल्लामा पर्ने रामेछापको ८ स्थानीय तह र पुननिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
गाउँपालिका र नगरपालिकाको प्रमुख सहितको बैठकपछि राष्ट्रिय पुननिर्माण प्राधिकरण र गाउँपालिका तथा नगरपालिकाबीच भएको समझदारी पत्रमा संघीय सांसद श्यामकुमार श्रेष्ठले हस्तान्तरण गरेका छन् ।
पुनर्निर्माणको कामलाई तोकेकै समयमा सम्पन्न गर्नेगरी दुईपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
स्थानीय तहमा खटाइएका प्राविधिक जनशक्तिलाई पुननिर्माणको काममा खटाउने हाजिरी राख्ने लगायतका प्रशासनिक कार्य अब स्थानीय सरकारले गर्ने छ ।
जसको लागि पालिका प्रमुखको अध्यक्षतामा ९ सदस्यीय सहजीकरण समिति बन्ने छ । सो समितिले कारणबस लाभग्राहीको सूचिमा नपरेका भूकम्प प्रभावितलार्ई लाभग्राहीमा सूचिकरण गर्नको लागि कारणसहित प्राधिकरणलाई सिफारिस गर्न सक्ने छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई रामेछापको तथ्यांक अनुसार रामेछाप जिल्लामा ८५ प्रतिशत पुननिर्माणको काम सम्पन्न भइसकेको छ ।