Logo

भारतको इशारामा खड्ग प्रसादले खड्ग प्रयोग गरेर संविधान काटेः नेता पोखरेल



Share this

रामेछाप– नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लिलामणी पोखरेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीले खड्ग प्रहार गरेर संविधान काटेको बताए ।
खड्ग प्रसाद ओलीले भारतको इशारामा सघीय संसद विघटन गरेको समेत आरोप लगाए । भारतीय विदेश सचिव आएको केही दिनमै भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख आएको र उनीहरुकै इशारामा प्रधानमन्त्री ओलीले संसद भंग गरेको नेता पोखरेलले आरोप लगाए ।
प्रधानमन्त्री ओलीलाई गद्धारिको संज्ञा दिंदै भ्रष्टाचारी, तस्करी र गुण्डागर्दीको संरक्षण बाहेक जनता र देशको हितमा सरकारले काम नगरेको नेता पोखरेलको आरोप छ । प्रधानमन्त्री ओलीले पार्टी फुटाउने नियतले नेकपा एमाले नामको पार्टी दर्ता गराएको समेत नेता पोखरेलले बताए । खड्ग ओली नेतृत्वको सरकारले कोराेनाको औषधी खरिदमा समेत ठूलो भ्रष्टाचार गरेको बताए । केपी ओली बादशाह बन्न खाजेको भन्दै जनताको अगाडि ओली वादशाह नटिक्ने दावि गरे ।
भारतले सैनिक तैनाथ गरेको नेपाली भूमी लिम्पीयाधुरा र लिपुलेक समेटिएको नक्सा प्रकाशित गर्ने क्रममा समेत प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि स्थायी समितिका ७ जना सदस्यहरुले नक्सा सार्वजनिक गर्नै पर्ने दवाव दिएपछि बाध्य भएर नक्सा सार्वजनिक गरिएको बताए । एमसीसी नेपालको हितमा नरहेको दावि गर्दै नेता पोखरेलले भने– प्रधानमन्त्री ओलीले एमसीसी पारित गराउन पार्टी फुटाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहले रामेछापको दोरम्बा गाउँपालिकामा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै नेता पोखरेलले यस्तो बताएका हुन् । काम चलाउ सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओली संविधान, गणतन्त्र र संघीयताको विरोधी रहेको बताए ।


प्रधानमन्त्री ओलीले सुरु देखिनै संविधान, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको विरोध गर्दै आएको अहिले आएर ती अधिकारहरुको सनिश्चित गरेको संविधानमाथि नै प्रहार गरे नेता पोखरेलले भने ।
अहिले आएर संविधान, गणतन्त्र र धर्मनिरपेक्षता सहन नसकेर संविधानले नदिएको अधिकार प्रयोग गरि संसद विघटन गर्नुले ओली संविधानको विरोधी रहेको सपष्ट भएको पोखरेलको दावि छ ।
पहिलो पटक प्रधानमन्त्री हुँदा राष्ट्रवादीको अभिनय गरेका ओलीले लिम्पियाधुरा सहितको नक्शा समावेश गरिएको पुस्तक वितरणमा प्रतिबन्ध लगाएपछि उनको राष्ट्रवादको मुखुण्ड उदाङ्गिएको छ नेता पोखरेलले भने । नेकपा भित्रको अहिले लडाई पदको लागि नभई प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तीको विरुद्ध संविधान, गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको रक्षा गर्नु भएको उनले बताए ।
संसदमा एउटा कुरा र जनतासामू अर्को कुरा गर्ने ओलीको पाराले मदनकृष्ण र हरिवंशको हास्यकलाकारलाई समेत पछि पारेको भन्दै उनले व्यांङगे समेत गरे । उखाने पाराले देश नचल्ने नेता पोखरेलको भनाई छ ।
सभालाई संवोधन गर्दै राज्य व्यवस्थापन तथा सुशासन समितिका संयोजक शशी श्रेष्ठले भनिन– देशमा राजनीतिक अस्थिरताको फाइदा उठाउँदै विदेशी शक्तिहरुले नेपालमाथि विभिन्न खालका खेलहरू खेलेकाले देशमा राजनीतिक स्थिरताको आवश्यक्तालाई ध्यानमा राखि चुनावी एजेण्डा बनाएर घोषणापत्र लिएर नागरिकको घरदैलोमा गएका थियौं । सोही अनुसार जनताले नेपाल कम्युनिष्ट पार्टी नेकपालाई लगभग दुई तिहाई मत दिएर सरकारको बागडोर सम्हाल्ने जिम्मेवारी दिएका थिए श्रेष्ठले भनिन् । अहिले प्रधानमन्त्री ओलीले तानाशाही तरिकाले मतको कदर नगरि संविधानलाई कुल्चेर संसद विघटन गरेको उनले बताइन ।
१८ घण्टासम्म लोडसेडिङ्ग हुने अन्धकार देशलाई उज्यालो नेपाल बनाएका कुलमान घिसिङ विधुत प्राधिकरणको प्रमुखको रुपमा रहँदा कमिशनको खेलो खेल्न नपाएपछि अहिले ओलीले कुलमानलाई हटाएर कमिशनको खेलमा लाग्दै नेपाललाई फेरि अध्यारो बनाएको श्रेष्ठको आरोप छ ।
सभामा नेकपा केन्द्रिय सदस्य एवं नेकपा रामेछापका इञ्चार्ज देवशंकर पौडेल, नेकपा केन्द्रिय सदस्य एवं विदेश विभाग प्रमुख युवराज चौलागाई, नेकपा प्रदेश सदस्य एवं दोरम्बा गाउँपालिका अध्यक्ष कमान सिं मोक्तान, नेकपा जिल्ला कार्य समिति सदस्य धनलाल योञ्जन लगायतले सभालाई संवोधन गरेका थिए ।

Share this
प्रतिक्रिया दिनुहोस्