माधव ढुङ्गेल
एस.एल.सी. दिएर रिजल्ट निस्किनसकेको फुर्सदिलो समय दिनभर साथिभाइसँग अनेक कनेक कुरामा गफिने एउटा उत्कृष्ठ अनुकूलताको भरपूर मनोरञ्जनको घडिको संझना कसलाई मन नपर्ला र ! स्कूल जाने हतारोमा घाँस र स्याउलाको भारी पु¥याउने चटारो थिएन त्यहाँ बरु घाँस र स्याउलाको भारी त कसिएरै आउँथे तर ढुक्कले, आनन्दले, घण्टौं गफिएर, बरालिएर बारी र पाखाको सितल छहारीमा प्रकृतिसँगको मिठो सहवाससँगै । बिहानको घाम भूmल्किदै गर्दाको नओभाएको शितसँग भेट भएको त्यो क्षण आफ्नो टाउकोमाथि घामले सेक्न लाग्छ, शित ओभाएर बारिका कान्ला र पाखा धपधप बल्न लागे झैं भएका हुन्छन, यतिबेला घाँस स्याउलाको भारी पु¥याउने हतारो हुन थाल्दछ ।
बिहानको दैनिकि सकेपछि ढिलो गरी घर फर्कने र खाना खाएर गाई बाख्रा लिएर जंगल जाने नियमित जिन्दगी जस्तै भैसकेको थियो । ठूलो गाउँ गाई बस्तु फुकाएपछि एउटा विशाल लर्कन नै हुन्थ्यो । कहिले देउरालीमा पुगेर अरु साथीभाइसँग भेटीनु र दिनभर जंगलमा रमाउनुको बेग्लै मजा थियो । प्रायः जसो प्रत्येक दिन हाम्रो एउटै गाउँबाट २५, २६ जना गोठालाहरुको जमघट हुने देउराली पुगेर एक डेड घण्टा रमाउनु र अनि जंगलको माथिमाथि गएर गीत गाउँदै सुसेल्दै खुट्ट्रा हल्लाएर आफ्नै शूरमा खेल्नुको उर्जा कति कति । पानीका मुहान नभएको सुख्खा ठाउँ आफैं तिर्खाउँदा एक घुट्की पानी पाउन गाह्रो, गाई बस्तुलाई के पिलाउनु । साँझ गाई बस्तुलाई लिएर ठाँटीको आहालमा पानी पिलाई फर्कदा घामले डाडो काट्न लागेको हुन्थ्यो । डुब्न लागेको घामको छाँयाले सितल भएको मिठो साँझ आमाले राखि दिएको मकै, भटमास, मुलाको साग, गुन्द्रुकको अचार र महिको साथमा भोक मेटाउने बानी परेको थियो ।
राजनीतिमा चासो राख्ने मेरो बुबाले प्रायः जसो रेडियो नेपालमा बिहान बेलुकी सात बजेको समाचार, साचार पछिको पुरुषोतम दाहालको सुरिलो स्वर गुन्जीएको घटना विचार कार्यक्रम र पौने नौ बजेको विविसि सुन्ने गर्नु हुन्थ्यो । आँगनको लामो पर्खाल साँझ पख टोल भरिका वा, काका र दाईहरुको जमघट हुन्थ्यो, साढे छ देखिको सुरु भएको त्यो जमघट आठ बजेको अंग्रेजी समाचार शुरु भएसँगै अन्त्य हुन्थ्यो । यो पनि एउटा दैनिकी जस्तै थियो । साढे सात बजेको घटना विचार कार्यक्रमसम्म कुनै असुभ समाचार कानमा परेको थिएन ।
दिनभरको यो दैनिकि सकेर खानापछि आफ्नो कोठामा गएर पल्टीने बानी परेको थियो । एस.एल.सी. दिएको छोरो ठूलै भएको अनूभूति हून्थ्यो गाउँतिर । म पनि राति रेडियोमा गीत सुनेर मजा लिदै सुत्ने भनेर केहि दिनदेखि बुबासँग रेडियो मागेर आफ्नो कोठामा लान थालेको थिएँ । रेडियो बजाएरै सुत्ने निदाइहाले राति आमाले आएर बन्द गरिदिने यस्तैयस्तै नियमितता थियो । त्यसदिन नौ बजिसकेको थियो म हल्का निन्द्रामा रहेछु । रेडियोमा समाचार आइरहेको रहेछ । “मदन भण्डारी र जिवराज आश्रित चढेको जीप त्रिशुलीमा दुर्घटना ……….. !” सपना हो कि विपना ……..!! समाचारको पहिलो फेज सकिएको थियो अन्तिमसम्म सुन्दा मुख्य समाचारमा आएपछि प्रष्ट भयो साँच्चै रहस्यमय दुर्घटना भएको रहेछ ।
यो मेरो २०५० साल जेष्ठ ३ गतेको दैनिकी थियो । समाचार सुनेपछि निद्रा नै लागेन । बिजुली बत्ती थिएन । टुकी बत्ती बालेर मदन भण्डारी र जिवराज आश्रितका विभिन्न पत्रिकाहरु र बुलेटीनमा छापिएका तस्वीरहरु संकलन गरेर दुर्घटनाका बारेमा शंका उपशंकाका तर्क र वितर्कका शव्दहरु कोर्न थालें । “भण्डारीका दमदार भाषण र भरपर्दो राजनेताको ओज र प्रतापले नतमस्तक बनेको विश्व राजनीतिमा नेपालको एउटा नयाँ नक्षत्रको उदय भइरहेको अनूभूति थियो । दरबार, भारतीय हस्तक्षेप र अमेरिकी साम्राज्यवादका विषयमा कडारुपमा प्रस्तुत् हुने भण्डारीलाई षडयन्त्रको तानावाना यिनैले त वुनेनन् !” शुभ समाचारको बेग्र प्रतिक्षा गरीगरी यिनै शंका र उपशंकाका शब्दहरुले कपिका पाना भरेर रात कटाएँ । तर अफशोच बिहानीको उज्यालोसँगै नेपाली राजनीतिमा एउटा अध्याँरो रातको अनूभूति हुन थाल्यो । अब मदन भण्डारीको भौतिक शरीर भेटिएला र ! रहस्यमय दुर्घटना …….षडयन्त्र……ड्राइभर जिउदै…….वालुवा र भूसको थुप्रो……….आदि आदि
हजारौ मानिसहरु त्रिशुलीको किनारमा जम्मा भए । आक्रोस र चिन्ताको मलिन अनुहारले नदि किनार भरिएको थियो । गोताखोर ल्याएर पनि खोजि गरियो तर जिउदो मदन भण्डारी र आश्रित पाउन सकिएन । आक्रोस र पीडा मिश्रीत मानव सागर सडकमा ओर्लियो र सायद आँशू नझार्ने कोहि भएनन् । हत्याको रहस्य पत्ता लगाउन सरकारी र पार्टीबाट समेत आयोगहरु बने तर सरकारी आयोग औपचारिकता मात्र थियो भने पार्टीले बनाएको आयोगलाई तथ्य पत्ता लगाउने प्रमाणहरुलाई सहजता पूर्वक अनुशन्धान गर्न अनुकुलता थिएन । सायद हत्याका योजनाकारहरु ठूला शक्तिकेन्द्रहरु नै थिए …….!
त्यो रहस्यमय हत्याको आशंकासँग जोडिएका केहि तथ्यहरुः
१. जतिवेला विश्वमा असफल हुन लागेको परम्परागत कम्युनिष्ठ आन्दोलनलाई पूर्नजागृत गर्ने नविन विचार “माक्र्सवाद लेलिनवादको लोकतान्त्रिकरणको सिद्धान्त जनताको वहुदलीय जनवाद”का प्रस्तोता मदन भण्डारीलाई नेपालमा नयाँ माक्र्स जन्मिएको समाचाार अमेरिकी समाचारपत्रहरुले प्रकाशित गरिरहेका थिए ।
२. नेपालमा कम्युनिष्ठहरुको लोकप्रियता बढिरहेको छीमेकी भारतलाई सैय भैरहेको थिएन । विश्व थर्काउने व्यक्तित्वको रुपमा विकास भैरहेको मदन भण्डारीको नेतृत्व देशभित्र र बाहिरका साम्राज्यवादी र विस्तारवादी शक्तिहरुलाई सहिसक्नु भएको थिएन ।
३. मदन भण्डारी धेरै ठूलो राष्ट्रवादी नेता थिए, जसलाई कुनै लालिपपले फकाउन सकिने सम्भावना थिएन । त्यो राम्रो अनुभूति ति शक्तिकेन्द्रलाई पनि थियो ।
४. मदन भण्डारीका विचारहरु, सार्वजनिक सभाका मन्तव्यहरु सवै प्रायः देशभित्र सामन्तवादको नायक राजा र राजतन्त्रप्रति लक्षित थिए । देश बाहिर विश्व साम्राज्यवादको नेतृत्व गरिरहेको अमेरिका र नियमित नेपाल लगायत अन्य छीमेकी देशहरुको सिमा अतिक्रमण गरिरहने प्रवृत्ति बोकेको विस्तारवदी मुलुक भारतप्रति आक्रोश, बेंग र विरुद्धका परिलक्षित थिए । जुन जनताको विश्वास जित्ने खालका थिए । जस्लाई सहज ढंगले कमजोर पार्न र सिध्याउन सजिलो थिएन ।
नेपालमा त्यतिवेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री र शेरबहादुर देउवा गृहमन्त्री थिए । तत्कालिन समयमा सरकार सम्हालेर बसेका कोइराला र देउवाहरुलाई कहिल्यै नमेटिने अनुत्तरित प्रश्न छदैछ । अमेरिकी सि.आई.ए की प्रतिनिधि जुलिया चाङ व्लक नेपाल आएकी थिइन । लैनचौर त सधै सक्रिय थियो नै । दरबार भित्र एउटा अनुदारवादी धार सक्रिय थियो । हत्या कसरी भयो………… ?
निश्कर्ष: प्रमाण नष्ट गरिसकेपछि यतिबेला गरिएको अनुसन्धानले सत्यतथ्य निकाल्न सक्ने कुरै भएन । अब आम जनताको मूल्यांकण र न्यायको छातामुनी रहेको यो रहस्यमय हत्याको बारेमा यति भनेर टुंग्याउँनु सान्दर्भिक ठान्दछु । “कारण माथि उल्लेखित सन्दर्भहरु छन् । पक्का देश भित्रको तत्कालिन कोहि निर्णायक शक्तिले साथ दियो । अमेरिकन सिआए र भारतीय गुप्तचर संस्थाको योजनामा दरवारको अनुदारवादी कित्ता लागेर जननेता मदन भण्डारी र जिवराज आश्रितको हत्या गरियो भनेर किन नभन्ने ! ”
(लेखकः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य हुनुहुन्छ)