Logo

मलाई झुठा अभियोग लगाएर फसाउन खोजियोः खड्का



Share this

रामेछाप– लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्द बहादुर खड्काले आपूmलाई आफ्नै सहयोद्धा, सहकर्मीहरुले झुठो अभियोग लगाएर फसाउन खोजेको बताए । म गाउँपालिका अध्यक्ष भएपछि मैले गाउँपालिकामा गरेको विकास र जनसेवाको कामबाट मेरो लोकप्रियता बढेपछि मलाई खुट्टा तान्न मेरो सहयात्रीहरुले षड्यन्त्र गरेर झुठा अभियोग लगाए खड्काले भने ।
सम्पत्ती सुद्धिकरण, शरीर बन्धक र जबर्जस्ती करनीको अभियोगमा गाउँपालिका अध्यक्ष खड्कालाई पक्राउ गरिएको थियो । गएको साउन ३० गते विभिन्न अभियोगमा पक्राउ परेका खड्कालाई उच्च अदालतले पद पुनस्थापना हुने गरि धरौटीमा रिहा गरेपछि आइतबार गाउँपालिका पुगेर पुनः गाउँपालिका अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । आपूm न्यायको लागि लडिरहेको भन्दै अदालतले आपूmलाई न्याय दिनेमा ढुक्क रहेको अध्यक्ष खड्काले बताए ।


मलाई फसाउन जस्तोसुकै षड्यन्त्र गरे पनि गाउँपालिकाको विकास र जनताको सेवामा दत्तचित्त भएर लागिरहने छु खड्काले भने । चार महिना थुनामा बस्दा आपूmले धेरै कुरा सिक्ने मौका पाएका भन्दै षड्यन्त्रपूर्ण रुपमा मलाई फसाउन झुठा अभियोग लगाउनेहरुलाई पनि धन्यवाद दिन चाहन्छु उनले भने ।
भण्डै ५ महिनापछि गाउँपालिका फर्किएका खड्कालाई स्थानीय जनताले भब्य स्वागत गरेका थिए । स्थानीय जनताहरु अध्यक्ष खड्कालाई स्वागत गर्न गाउँपालिकाबाट एक करिब किलोमिटर परसम्म पुगेका थिए । स्थानीयले ठाउँठाउँमा स्वागत तथा सम्मान धोवि बजार परिक्रमा गराएर खड्कालाई गाउँपालिकाको कार्यालयमा पु¥याएका थिए । खड्काको स्वागतमा सहभागि स्थानीयहरुले छातीमा अध्यक्ष खड्काको फोटो टाँसेका थिए । गाउँपालिका अध्यक्ष खड्काले आफ्ना दुःख पिरमर्का बुझेकाले उनको फोटो छातीमा टाँसेर हिडेको एक बृद्धाले बताइन ।
गाउँपालिका अध्यक्ष खड्काको पहलमा गाउँपालिकाको प्रत्येक गाउँको कुनाकुनामा बत्ति र सडक पुगेको भन्दै अध्यक्ष खड्का जनप्रेमी नेता भएको स्थानीय विन्दा खड्काले बताइन । गोविन्द खड्काको राम्रो कामबाट अत्तालिएका ब्यक्तिहरुले झुठो आरोप लगाएर फसाउन षड्यन्त्र गरेको उनको भनाई थियो ।


विकासप्रेमी गाउँपालिका अध्यक्ष पक्राउ पर्दा आपूmहरु निकै निराश भएको र अहिले निर्दोष ठहरिएर फेरि अध्यक्षको जिम्मेवारी सम्हाल्दा आपूmहरु एकदमै हर्सित भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीका स्थानीय भोजबहादुर खड्काले बताए ।
गाउँपालिका अध्यक्ष खड्का सम्पत्ती सुद्धिकरणको अभियोगमा १० लाख जबर्जस्ती कारनीमा ५ लाख र शरीर बन्धकको अभियोगमा २ लाख रुपैयाँ धरौटीमा गएको पौष १९ गते रिहा भएका थिए ।

Share this
प्रतिक्रिया दिनुहोस्