Logo

मलाई फसाउन राजनीतिक खेल भयोः वडा अध्यक्ष बोहरा



Share this

रामेछाप– मन्थली नगरपालिका–१० चनखुमा गत शुक्रबार भएको घटनाको विषयलाई राजनीतिक करण गरेर आपूmलाई फसाउने षड्यन्त्र भएको वडा अध्यक्ष भरतबहादुर बोहराले बताए । कुटाइ खाएका भनिएका देविबहादुर बोहरा मदीरा सेवन गरि झगडा गर्ने नियतले आफ्नो घरमा आएको वडा अध्यक्ष बोहराको भनाई छ । मदिरा सेवन गरि निहु खोज्दै मेरै घरमा आएर हातपात गर्ने प्रयास ग¥यो, त्यस क्रममा मेरो चस्मा समेत फुटेको छ उनले भने । देविबहादुरले आफूमाथि हातपतको प्रयास गरेपछि सामान्य ठेलमेल भएको भने वडा अध्यक्ष बोहराले स्वीकार गरेका छन् । देविबहादुर मदिरा सेवन गरेर गाउँमा सधैभरी झगडा गरिरहने र स्थानीयसँग पटक–पटक झगडा गर्दै मिलापत्र गर्ने ब्यक्ति भएकाले त्यस घटनालाई पनि आपूmले समान्य रुपमा लिएर घर पठाइदिएको अध्यक्ष बोहराको भनाई छ । समान्य घटनालाई राजनीतिककरण गरेर आफूलाई फसाउने षड्यन्त्र भएको उनको भनाई छ ।
गत शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्ष भरत बोहोराले आपूmलाई कुटपिट गरेको देवीबहादुर बोहोराले आरोप लगाएका थिए । बाटो खन्ने क्रममा खेतमा झरेको माटो पन्छाइदिनु भनेर देवीबहादुर बाहोराले अनुरोध गर्दा वडाध्यक्षले हुदैन भनेपछि आपूmले जसरी पनि हटाइ दिनुपर्छ भन्दा वडाध्यक्षले आपूmमाथि कुटपिट गरेको उनको भनाई थियो ।
वडा अध्यक्षको कुटाइबाट घाइते भएको भन्दै देविबहादुर तामाकोशी अस्पताल मन्थलीमा भर्ना भएका थिए । कुटपिटबाट आफ्नो ढाड तथा कम्मर चलाउन समस्या भएको बोहोरा बताए । यद्यपि त्यस्तो समस्या केही नदेखिएको उपचारमा संलग्न चिकित्कको भनाई छ । तामाकोशी अस्पतालले समस्या नदेखिएको बताए पनि थप उपचारको लागि भन्दै उनलाई काठमाडौं लगिएको छ ।
कुटपिटको विषयलाई लिएर वडा अध्यक्ष भरतबहादुर बोहरा र उनको भतिजका विरुद्धमा प्रहरीमा ठाडो उजुरी परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

Share this
प्रतिक्रिया दिनुहोस्