रामेछाप । नेकपा माओवादी केन्द्र दोरम्बा शैलुङ्ग गाउँपालिकाको प्रथम गाउँसम्मेलनले हिराबहादुर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ । आइतबार सम्पन्न भएको पहिलो गाउँसम्मेलनले श्रेष्ठको नेतृत्वमा ५५ सदस्य गाउँपालिका कमिटी गठन गरेको हो । अन्य पदाधिकारीहरुमा उपाध्यक्षहरु– टिका माल्बुके, रेमबहादुर थापामगर, चन्द्रबहादुर थापामगर ‘टकल’ सचिव–तिलक मगर, सह–सचिव खडानन्द ढुङ्गेल र कोषध्यक्षमा कृशला घिसिङ चयन भएकी छन् ।
त्यसैगरी ९ सदस्यीय गाउँपालिका कार्यालय टिम पनि गठन गरिएको छ । कार्यालय टिममा हिराबहादुर श्रेष्ठ, टिक माल्बुके, रेमबहादुर थापामगर, चन्द्रबहादुर थापामगर ‘टकल’ तिलक मगर, खडानन्द्र ढुङ्गेल, कृशला घिसिङ, बिर्खबहादुर मगर, उदय मगर र प्रेम श्रेष्ठ रहेका छन् । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका दोरम्बा शैलङ्ग गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले दोरम्बा गाउँपालिका माओवादीको लालकिल्ला भएको बताए ।
दोरम्बा शैलुङ्ग गाउँपालिकामा नेकपा माओवादी केन्द्रको प्रतिस्पर्धी पार्टी नभएको भन्दै आगामी निर्वाचनबाट दोरम्बा शैलुङ्ग गाउँपालिकामा माओवादीको एकमना सरकार बन्ने दावि गरे । नेकपा माओवादी केन्द्र कम्जोर भएको भनि विपक्षीहरुले भ्रम छरेको भन्दै भ्रमको पछि नलाग्न पनि अध्यक्ष तामाङले गाउँपालिकाबासीलाई आह्वान गरे ।
गाउँपालिका कमिटी पार्टी संगठन निर्माणमा सशक्त भएर लाग्ने नवगठीत समितिका उपाध्यक्ष चन्द्रबहादुर थापामगर ‘टकल’ ले हाम्रोअनलाइन न्यूजलाई बताए । उनले भने– पालिकाको सशक्त नेता हिराबहादुर श्रेष्ठको नेतृत्वमा गाउँपालिका उपाध्यक्ष, वडा अध्यक्षहरु, वाइसिएल नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज भइसकेका नेता लगायत स्थानीय सशक्त युवाहरु कार्यसमितिमा रहेकाले दोरम्बा गाउँपालिलाई माओवादीमय बनाउने दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं. ४ का अध्यक्ष समेत रहेका मगरले दावि गरे ।