Logo

माओवादी केन्द्र सुनापति पालिकाको अध्यक्षमा तामाङ



Share this

रामेछाप । नेकपा माओवादी केन्द्र सुनापतिको अध्यक्षमा ठूलोकान्छा तामाङ निर्विरोध चयन भएका छन् । शनिबार भएको पालिकाको भेलाले तामाङलाई निर्विरोध अध्यक्ष चयन गरेको हो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य युवराज चौलागाईंको प्रमुख आतिथ्यता तथा सुनापती गाउँपलिकाका अध्यक्ष एवं माओवादी केन्द्र बागमती प्रदेश अनुशासन समिति का सदस्य धावा लामाको विशिष्ट आतिथ्यता भएको भेलाले ठूलोकान्छा तामाङको नेतृत्वमा ५५ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।
यसैगरी उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षमा क्रमशः पदम बहादुर लामा (विकास), बिरबादुर लामा (बीबी) चन्डेश्वर चौलागाईं, रामकृष्ण घिसिङ (अर्थमान), सह सचीव होमबहादुर खपाङ्गी मगर र बाबुराम तामाङ सर्वसम्मत चयन भएको माओवादीकेन्द्र रामेछापका युवा नेता मनोज केसीले जानकारी दिए । केसीका अनुसार निर्वाचित पालिका कमिटीको कार्यकाल दुई वर्षको रहने छ ।

Share this
प्रतिक्रिया दिनुहोस्