Logo

मुलुकले केपी ओलीलाई खोजिरहेको छः ढुङ्गेल



Share this

नवराज विश्वकर्मा


रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्वका इञ्चार्ज माधव ढुङ्गेलले मुलुक र जनताले केपी ओलीको नेतृत्व खोजिरहेको बताए । देशी तथा विदेशी शक्तिको चलखेलमा केपी ओली नेतृत्वको सरकार ढालिए पनि जनताले प्रधानमन्त्रीको रुपमा केपी ओलीलाई नै खोजिरहेको उनको भनाई छ ।
एकाधिकारवादी र निरंकुशतावाद चिरेर जननेता मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवादलाई आत्मसात गरेर मुलुकलाई समृद्धिको दिशातर्पm लैजाने एकमात्र पार्टी एमाले भएको ढुङ्गेलले बताए ।
सन् १९३२ देखि गुमेको लिम्पियाधुरा र लिपुलेकसहित नेपालको भू–भाग फिर्ता लिने पहल केपी ओली नेतृत्वको सरकारले गरेको उनको भनाई छ । कसैको डर धम्कीमा नलागी मुलुकको समृद्धि र स्वाधीनता कायम राख्न सक्ने नेतृत्वको रुपमा नेपाली जनताले केपी ओलीलाई खोजिरहेको बताए ।
यसैगरी एमाले केन्द्रीय सदस्य गीता कार्कीले विचार र सिद्धान्तको हिसाबले एमाले देशकै ठूलो पार्टी भएको बताइन । नेकपा एमाले जनताको बहुदलीय जनवाद, माक्र्सवाद र लेलिनवादको सिद्धान्त बमोजिम अघि बढ्ने बताइन । नेपाली काँग्रेस रामेछापका उप–सभापति लेखबहादुर कार्कीले संविधान र प्राप्त उपलब्धीलाई जोगाउन नेपाली काँग्रेस पनि एमालेसँगै रहेको बताए । उप–सभापति कार्कीले विभिन्न आन्दोलनबाट प्राप्त परिवर्तनलाई सुखद ढंगले अघि बढाउन सक्ने नेतृत्व चयन गर्न एमाले रामेछापलाई सुझाव दिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछापका नेता शिवजी घिमिरले जनमुखी एजेण्डलाई बोकेर अघि बढ्न सक्ने नेतृत्व चयनका लागि शुभकामना व्यक्त गरे ।

Share this
प्रतिक्रिया दिनुहोस्