Logo

विकासको लागि राजनीतिक सुद्धिकरण आवश्यक : डा. भट्टराई



रामेछाप- नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले देशको विकासको लागि राजनीतिक सुद्धिकरण हुन आवश्यक रहेको बताए ।
राजनीति परिपाटी नबदलिएसम्म विज्ञताले मात्र मुलुक विकास सम्भव नहुने नेता भट्टराइको भनाई छ । मंगलबार नयाँ शक्ति पार्टी नेपाल रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको एक कार्यक्रमलाई संवोधन गर्दै नेता भट्टराईले मुलुकमा असल राजनैतिक परिपार्टी नभएसम्म परिवर्तन संभव नभएको बताएका हुन् ।
उनले समावेशी विकासका लागि राजीनित शुद्ध हुनु पर्ने बताए । मुलुकको मिश्रीत संसदीय प्रणालीले निकाश नदिने र स्थिरता कायम नहुने भएकाले मुलुकले चाहेको सन्तुलित विकासको आशा गर्न नसकिने बताए ।
राज्यका सबै निर्णय तहमा जनताको संलग्नता हुनुपर्ने बताउँदै नेता भट्टराई त्यसको लागि आफू अभियानमा रहेको बताए । समुन्नत र समानुपातिक लोकतन्त्रको स्थापनाका लागि आफ्नो अभियान निरन्तर जारी रहेको भट्टराइको भनाई छ ।
मुलुकमा क्रान्ति कमजोर भएकाले समस्या परेको नेता भट्टराईको तर्क छ । मुलुको आगामी राजनीतिको दिशा प्रष्ट नभएको उल्लेख गर्दै उनले नेपालको अर्थतन्त्रको प्रगति हवाइजहाजको उडान सरह हुनु पर्नेमा त्यो हुन नसकेकोले मुलुकको समृद्धि र अर्थतन्त्रको समुन्नत विकासका लागि आपूm अभियानमा जुटेको बताए ।
हिजोका त्रान्तिकारीहरु सत्तामा पुग्दा पनि परिवर्तन हुन नसकेको र उनीहरुले आँट नै गर्न नसकेको नेता भट्टराई आरोप छ । पुरानै संरचनामा रहेर काम गरिरहदा समस्या देखापरेको उनको भनाई छ ।
मुलुकमा यतिबेला सबैलाई गुलियो चटाएर देश डुवाउने चलखेल भइरहेको उनको आरोप छ । राजनीतिकर्मीहरु आपूm अनुकुलको चलखेलमा लाग्दा राजनीति नै प्रदुषित बनेको नेता भट्टराई भनाई छ ।
भट्टराई यतिबेला असल राजनीति र समावेशी विकासका लागि जनसंवाद भन्ने मुल नारा लिएर मध्यपहाडी (पुष्पलाल) लोकमार्ग चिवाभन्ज्याङ पाँचथरदेखि झुलघाट बैतडीसम्मको जनसंवाद यात्राको दौडाहामा छन ।

प्रतिक्रिया दिनुहोस्