काठमाडौंः नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाको चर्काे आलोचना गरेका छन् । नेता थापाले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने सभापति देउवाको शैलीलाई अराजकताको संज्ञा दिँदै चर्कोे आलोचना गरेका हुन् ।
शनिबार काठमाडौंमा गणेशमान सिंह स्मृति भवनको उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै नेता थापाले सभापति देउवाको कार्यशैली पार्टीकै लागि खतरानक हुने टिप्पनी गरेका हुन् ।
विधानविपरीत जथाभावी नचल्न पनि पार्टी सभापति देउवालाई नेता थापाले चेनावनी दिएका छन् ।
आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन युवा पुस्तालाई पार्टीमा आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक्ता रहेको पनि उनले बताए । त्यस्तै नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले विधान विपरीतका गतिविधि गरिरहेको बताएका छन् ।
सभापति देउवाको गतिविधिलाई रोक्न पार्टाीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन पनि नेता सिहंले आह्वान गरे । पार्टीका संस्थापक नेता गणेशमान सिंहको जन्मजयन्तिको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्य समिति, काठमाडौंले रातोपुलमा निर्माण गरिएको स्मृति शनिबार उद्घाटन गरिएको हो ।