
रामेछाप- नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुँने बताएका छन् । विकास निर्माणका राजनीतिक रुपमा नभइ आवश्यकताको आधारमा साझा धारणा बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
रामेछापको खाँडादेवी गाँउपालिकाको गागलमा नवनिर्मित उर्गेन सामलिङ गुम्बाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । विकास निर्माणमा सबै पार्टी एक भएर लागेमात्र देशको दीगो विकास हुने उनले बताए । गरिबी सबैको साझा शत्रु भएकोले यसलालाई हटाउन सरकारले रोजगारीको सिर्जना गर्नुपर्ने उपसभापति गुरुङको भनाइ छ । गागलसम्मको बाटो पिच गर्न आवश्यक प्रक्रियासहित आएमा सम्बन्धित निकायसम्म लगेर पहल गरिदिने पनि उनले बताएका छन् ।
गुम्बा निर्माण समितिका संयोजक चमार सिं तामाङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका पूर्व सभापति रामचन्द्र खड्का, महासमिति सदस्य विनिता खड्का, महाधिबेशन प्रतिनिधि भरतप्रसाद चौलागाँई, उपसभापति नवराज थोकर लगायतले मन्तब्य राख्दै गुम्बा निर्माणका लागि चौलागाँइले २ लाख ५१ हजार र विनिता खड्काले दश हजार रुपैयाँ नगद सहयोग गरेका थिए । करिब २ करोड ५० लाखको लगागतमा निर्मित उक्त गुम्बा निर्माणका लागि अधिकाङ्श रकम आफूले हालेको संयोजक तामाङले बताएका छन् ।