४ फागुन, रामेछाप– दोस्रो सुनापति गाउँपालिका अन्तर विद्यालय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शतलिङ्गेश्वर माध्यमिक विद्यालय गुन्सीले उचालेको छ । प्रथम राष्ट्रपति रनिङ शिल्ड पनि शतलिङ्गेश्वर माध्यमिक विद्यालयले नै जितेको थियो ।
शतलिङ्गेश्वरले कुल ६ स्वर्ण १ रजत र १ कास्य गरी ८ पदक जित्दै प्रथम भएको हो । त्यसैगरी कृष्णवर्णेश्वर माध्यमिक विद्यालय मानपुरले राष्ट्रपति रनिङ शिल्डको दोश्रो स्थान हासिल गरेको छ । कृष्णवर्णेश्वरले ३ स्वर्ण २ रजत १ कास्य गरि कुल ६ पदक हासिल गरेको छ ।
कृष्णवर्णेश्वरले भलिबलतर्फ भने प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी डहु माध्यमिक विद्यालय डहुले २ स्वर्ण र २ कास्य गरी ४ पदक हासिल गरेको छ । त्यसैगरी पशुपति माध्यमिक विद्यालयले ३ रजत र २ कास्य गरि ५ पदक हासिल गरि चौथो स्थान प्राप्त ग¥यो ।
त्यस्तै कृष्ण माध्यमिक विद्यालय डोग्माले २ रजत १ कास्य, कृष्णपुरी माध्यमिक विद्यालय रुपाकोटले २ रजत र १ कास्य प्राप्त गरि दुबैले पाँचौ स्थान र जनजागृति माध्यमिक विद्यालय स्वाँराले २ रजत प्राप्त गरि छैटौँ स्थान हासिल गरेको छ ।
माध्यमिक विद्यालय मेलचौर मन्दर ले २ कास्य सहित सातौ स्थान हासिल ग¥यो भने कुशेश्वर माध्यमिक विद्यालय वेथान, अग्लेश्वर माध्यमिक विद्यालय दिमीपोखरी, बाल माध्यमिक विद्यालय भिरकोटले कुनै पनि पदक ल्याउन सकेन ।
जलदेवी माध्यमिक विद्यालय खनियापानीले भने यो प्रतियोगितामा भाग लिएको छैन । विजयी विद्यालय तथा खेलाडीहरुलाई गाउँपालिका उपाध्यक्ष गीता विष्ट, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौल, वडा नम्बर १ का अध्यक्ष चण्डेश्वर चौलागाई, वडा नम्बर २ का अध्यक्ष कमलकुमार के.सी., वडा नम्बर ३ का अध्यक्ष बावुराम तामाङ, सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष गोविन्द घिमिरे लगायतबाट पुरुस्कार वितरण गरिएको थियो ।
समापन कार्यक्रमलाई संवोधन गर्दै सुनापति गाउँपालिका उपाध्यक्ष गीता विष्टले विजय टिमलाई बधाई दिएकी थिइन । खेलाडीलाई हौसल प्रदान गर्दै आगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई अझ भव्य रुपमा आयोजना गर्ने पनि उपाध्यक्ष विष्टले बताइन ।