Logo

स्वास्थ्यमन्त्री गगनको ‘गति’ रोक्ने तयारी



चैत १
काठमाडौं – विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारमा सहभागी हुने तयारीसँगै स्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेका सुधार प्रयास बीचमै टुंगिने खतरा बढेको खबर आजको नागरिकमा छ ।

फोरम लोकतान्त्रिकका महासचिव एवं पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले सरकारमा सहभागी हुन स्वास्थ्य मन्त्रालयमै इच्छा देखाएपछि यस्तो सम्भावना बढेको हो ।

न्त्री थापाले नीतिसँगै स्वास्थ्य सेवाको वृहत सुधारका लागि कम्तीमा आधारभूत गुणस्तरीय स्वास्थ्य सेवाको जग बसाउने भन्दै जनशक्ति, पूर्वाधार र उपकरणमा उल्लेखनीय सुधारका कार्यक्रम एकैपटक अगाडि बढाएका छन् । थापाको योजनामा अर्थमन्त्री कृष्णबहादुर महराले समेत सहयोग गरेर पछिल्लो पटक मात्रै करिब डेढ अर्बभन्दा बढीको स्रोत थप गरिदिएका छन् ।

गच्छदारले मर्यादाक्रम र मन्त्रालय मिले सरकारमा सहभागी हुने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिइसकेको सार्वजनिक भएको छ । गच्छदारले पार्टी्भित्रको आन्तरिक राजनीति मिलाउन चौधरीलाई रोजेको मन्त्रालय दिनुपर्ने र चौधरीले स्वास्थ्य रोजेको जानकारी प्रधानमन्त्रीलाई गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्