रामेछाप: कालिन्चोक फाउण्डेशन नेपालले रामेछापको मन्थली नगरपालिका वडा नम्बर १२ मा रहेको विद्यालयहरुलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यले विद्यार्थी र शिक्षकलाई पोशाक झेला तथा विद्यार्थीलाई शैक्षिक सामग्रि प्रदान गरेको हो ।
जिल्लाभरी नै शैक्षिक सामग्रि वितरण अभियान सञ्चालन गरिरहेको फाउण्डेशनले बिहीबार मन्थली नगरपालिका–१२ मा रहेको पशुपति आधारभूत विद्यालयलाई शैक्षिक सामग्रि प्रदान गरेको छ ।
“मानव सेवा हाम्रो कर्तव्य” भन्ने नाराका साथ शैक्षिक सामग्रि वितरण अभियान सञ्चालन गरिरहेको कालिन्चोक फाउन्डेसन नेपालले विद्यार्थीलाई टयाकसुट, झोला, र कपी प्रदान गरेको छ । त्यसैगरी शिक्षकलाई झोला र ट्याकसुट प्रदान गरेको हो ।
विद्यार्थी तथा शिक्षकलाई प्रदान गरिएको ट्याकसुट नेपाली काँग्रेसका नेता भरतप्रसाद चौलागाई र झोला लायन्स क्लवले सौजन्य दिएको फाउण्डेशनका अध्यक्ष दिनेश खड्काले जानकारी दिए । शैक्षिक सामग्रि पनि विभिन्न संघसंस्था तथा ब्यक्तिहरुको सहयोगबाट जुटाइएको खड्काले बताए ।
त्यसैगरी फाउण्डेशनले बुधबार श्री सिग्राल आधारभूत विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक प्रदान गरेको थियो । मन्थली नगरपालिका–१२ मा रहेका १२ वटा विद्यालयका १ हजार ३ सय ६७ जना विद्यार्थीलाई पोशाक, झोला र शैक्षिक सामग्री प्रदान गर्ने साथै शिक्षकहरुलाई झोला र पोशाक प्रदान गर्ने कार्यक्रम रहेको फाउण्डेशनका अध्यक्ष खड्काले जानकारी दिए ।