Logo

किरोले बनाएको हिरो, संघर्षले जन्माएको समाजसेवि



भगवानले पनि भन्नू हुन्छ रे ‘तँ आँट गर, म पु¥याउछु’ भनेर । यस्तै मानिसले भाग्यलाई भन्दा कर्मलाई विश्वास गर्नुपर्छ । एक दिन अवश्य सफल भइन्छ । त्यही मान्छे हो जो ग्रामिण समाजमा सामान्य परिवारमा जन्मन्छ अनि अहोरात्र जीवन संघर्षलाई निरन्तरता दिन्छ । सम्भावनाको खोजी गर्दै विदेशीन पुग्छ र उसको कथा सुरु हुन्छ । यस्तै एक पात्र हुन नारायण कार्की ।


साविक माकादुम गाविस वडा नं ९ हाल खाँडादेवी गाउँपालिका वडा नं ६ मा २०३५ साल वैशाख १७ गतेका दिन बुबा दिलबहादुर कार्की र आमा दिलमाया कार्कीको कोखबाट नयाँ हर्ष छर्दै यस धर्तीमा पाइला टेकेका कार्की सानैदेखि केही गर्नुपर्छ भन्ने सोच सोचिरहन्थ्ये । संघर्षमा निरंतरता दिइयो भने सफलता प्राप्त हुन्छ भन्ने कुरामा कहिले पनि पछि हटेनन् उनी । विद्यालय स्तरको शिक्षा श्री प्रयागेश्वर मध्यमिक विद्यालयबाट २०५१ सालमा सकेर उच्च शिक्षाको लागि २०५२ सालमा काठमाडौं गएका थिए । काठमाडौंमा पनि धेरै संघर्ष गरेका कार्कीले । ठेला मजदुरदेखि होटल मजदुर हुँदै अहोरात्र जीवन संघर्षलाई निरन्तरता दिइनैरहे । आपूmलाई सहज हुन्छ कि भनेर ट्याक्सी चलाउन सिकेर ट्याक्सी चालक पनि भए । त्यसबाट पनि आफ्नो जीविकोपार्जन नभएपछि बाबा आमा र परिवारलाई सुखी र खुसी राख्न २०५६ सालमा वैदेशिक यात्रा तयार गरेका कार्कीको त्यहीँबाटै सुरु हुन्छ सुखद यात्रा ।

होटेल मजदुरको रुपमा गएको मान्छे अनुसन्धानकर्ता

२०५६ सालमा दुबइमा होटल मजदुरका रुपमा गएका कार्की केही समय होटल मजदुरकै रुपमा काम गरे । होटल मजदुरमा काम गर्ने क्रममा दुबई नेचुरल हिस्ट्री ग्रुपका मानिससँग भेट भयो । त्यो भेट कार्कीको लागि सुनौलो अवसरको रुपमा परिणत भयो । फलस्वरुप कार्की त्यही संस्थाको सदस्य बने । अनि सोही संस्थामा रहेर अनुसन्धानको काममा खटिए । कार्कीको टिम नयाँनायाँ खोजमा लाग्यो । अनुसन्धानको क्रममा कार्कीलाई एउटा यस्तो सफलता मिल्यो त्यो सफलताले उनलाई हिरो बनाइदियो । समुद्रमा रहेको नौलो प्रजातिको एउटा किरो, त्यही किरोले उनलाई बनादियो हिरो ।


उनले अनुसन्धानको क्रममा समुद्रबाट नयाँ प्रजातिको किरो पत्तालगाउन सफल भएपछि उनी त्यस अनुसन्धानबाट पुरस्कृत थिए । त्यो सफलतापछि अनुसन्धानलाई निरन्तरता दिंदै लेखहरु पनि प्रकाशन गरे । त्यसै क्रममा उनी २०६६ सालमा नेपाल आए । नेपाल आएपछि अहोरात्र समाज सेवामा तल्लिन रहेका छन् । कार्की दुबई नेचुरल हिस्ट्री ग्रुपका आजिवन सदस्य समेत हुन् । र, उनले नेपालमा आएर पनि नयाँनयाँ अनुसन्धानको कामलाई निरन्तरता दिइरहेका छन् ।

शिक्षा क्षेत्रमा पनि सफल ब्यक्ति

वैदेशिक रोजगारसँगै अनुसन्धानमा सफल भएर स्वदेश फर्किएका कार्की आफ्नै गाउँमा सरल र शूलभ मूल्यलमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले गाउँमै ग्लोबल नेचर अंग्रजी बोर्डिङ स्कूल खोले । हाल सो विद्यालयमा २ सय ६० जना विद्यार्थी अध्ययनरत छन भने ८५ जना सोही विद्यालयको छात्रवासमा नै बसेर पढिरहेका छन । शिक्षामा ब्यापार गर्नु हुन्न भन्ने सोचका साथ खोलिएको विद्यालयमा अहिले विभिन्न समुदायका गरि ६० प्रतिशत छात्र छात्रा छात्रवृत्तिमा नै अध्ययन गरिरहेका छन् । गुणस्तरीय शिक्षा प्रदान गर्न सके उच्च शिक्षासम्म गाउँमै सञ्चालन गर्न सकिने उनको सोचाई छ । सो विद्यालय आफ्नो एकल लगानीमा कार्की आफैले सञ्चालन गरेका हुन् । । उनले विद्यार्थीलाई कम्प्युटरको पनि ज्ञान हुनु जरुरी ठान्दै आफैले पञ्चायन पशुपति कम्प्युटर इन्ष्टिच्यूट पनि खोलेका छन् ।

संकट र विपत्तीमा सधैं अग्रसर ब्यक्तित्व

२०७२ साल वैशाख १२ गतेको महाविनाशकारी भूकम्पमा र अहिलेको (कोभिड–१९) कोरोना भाइरसका कारण देश नै संकटमा परेको छ । यो विपदमा कार्की राहत वितरणमा सक्रिय भएका छन् । भूकम्पको बेला मात्र ब्यक्तिगत २० लाख रुपैयाँ भन्दा बढीको राहत वितरण गरेका कार्कीले अहिले कोरोनाको महामारीमा पनि ५ लाख भन्दा माथिको राहत सामग्री वितरण गरिसकेका छन् । आवश्यकता परे आपूmले सहयोगलाई अझ थप्दै र बढाउदै लैजाने कार्कीको सोचाई छ । सहयोगी मनका धनी कार्की समाज सेवा नै आफ्नो रुची रहेको बताउछन् । लिएर मात्र हैन दिएर खान सके भगवानको आशीर्वाद मिल्नेमा उनी विश्वस्त छन् ।

धार्मिक क्षेत्रमा पनि उत्तिकै रुची

ॐ गायत्री ध्वनी दुर्गानदी उत्तराखण्डको अध्यक्ष समेत रहेका कार्की आपूmलाई सनातन हिन्दु धर्मको कट्टर अनुयायी भएको बताउछन् । तर उनी सधैं धार्मिक सहिष्णुताको पक्षमा वकालत गर्छन । सर्बधर्म समान भन्ने मान्यतामा आफू सधैं अडिग रहेको भए पनि हिन्दु धर्म नै पुरानो र वैज्ञानिक धर्म भएको उनको तर्क छ । हिन्दु मठ मन्दिर बनाउनेदेखि लिएर श्रीमद्भागवत, भजन कृतन गर्ने र नियमित पूजापाठमा सधै सक्रिय रहन्छन् ।


जीवनमा जति आरोह अबरोह र संकट विपद आए पनि मानिस बिचलित नभै संघर्षरत भयो भने एक दिन सफलताले पछ्याउने उनको बुझाई छ । सधैं अघि बढेर कर्मलाई निरन्तरता दिनसके सफलताको शिखर चुम्ने दिन अवश्य आउने कार्की बताउछन् ।
(प्रस्तुत सामग्रः हाम्रो अनलाइन न्यूजका सन्तोष ढुङ्गेलले कार्कीसँग गरेका कुराकानीमा आधारित छ ।)

प्रतिक्रिया दिनुहोस्