Logo

खाद्यन्न पसल २ घण्टा मात्रै खुल्ने, लकडाउनको अवधि १९ गतेसम्म थपियो



रामेछाप– जेष्ठ ९ गते आइतबारदेखि जिल्लाका खाद्यन्न पसलहरु दैनिक बिहान २ घण्टा मात्र सञ्चालन हुने भएको छ । जिल्लामा कोरोना भाइरस संक्रितको संख्या तीव्र रुपमा पैmलिएपछि जिल्ला स्तरीय कोडिभ–१९ संकट ब्यवस्थापन केन्द्रले आइरबारदेखि खाद्यन्न पसलहरु बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घण्टामात्र खुलाउने निर्णय गरेको हो । यसअघि खाद्यन्न पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म खुलाउदै आएको थियो ।
शनिबार जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ संकट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो । जिल्लामा फैलिदो क्रममा रहेको कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकाथामको यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
साथै जिल्लामा यही जेष्ठ १९ गते राति १२ बजेसम्मको लागि लकडानको अवधि पनि थप गरिएको छ । जिल्लाभर लागू हुने गरि जेष्ठ १९ गते राति १२ बजेसम्मको लागि लकडाउनको अवधि थप गरिएको हो । यसअघि घोषणा गरिएको लकडाउन आइतबार राति १२ बजेबाट सकिदै छ ।


 

प्रतिक्रिया दिनुहोस्