Logo

खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङशील्ड प्रतियोगिता सुरु



रामेछाप- जिल्लाको खाँडादेवी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवारदेखि सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत शनिवार तेक्वान्दो, दौड लगायतका विभिन्न विधाका खेल भएका छन् । प्रतियोगितामा पालिका भित्रका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

शनिवार भएको खेलमा छात्रा लम्जम्पमा भिमेश्वर प्रशुन माध्यमिक प्रथम, प्रयागेश्वर माध्यमिक विद्यालाय द्वितीय र प्रगतिशील माध्यमिक विद्यालय तृतीय भएका छन् । छात्रतर्फ खाँडादेवी माध्यमिक प्रथम, प्रयागेश्वर माध्यमिक विद्यालय द्वितीय र भारती माध्यमिक विद्यालयले तृतीय स्थान हाँसिल गरेका छन् ।


यस्तै १ सय मिटर छात्रतर्फ प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, खाँडादेवी माध्यमिक विद्यालय द्वितीय र प्रगतिशील माध्यमिक विद्यालय तृतीय भएका छन् । यस्तै छात्रातर्फ प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, बुद्ध भवानी माध्यमिक विद्यालय द्वितीय र बिष्णु जनज्योति माध्यमिक विद्यालयले तृतीय स्थान हाँसिल गरेका छन् ।

३ किलोमिटर दौड छात्रातर्फ प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, भारती माध्यमिक विद्यालय द्वितीय र बिष्णु जनज्योति माध्यमिक विद्यालयले तृतीय भएका छन् भने छात्रतर्फ भारती माध्यमिक विद्यालय प्रथम, प्रयागेश्वर माध्यमिक विद्यालय द्वितीय र भिमेश्वर प्रशुन माध्यमिक विद्यालयले तृतीय स्थान हासिल गरेको प्रमुख रेफ्री शुक्रबहादुर माझीले जानकारी दिए ।

यस्तै ज्याब्लिङ थ्रो छात्रातर्फ प्रयागेश्वर माध्यमिक विद्यालय प्रथम, प्रगतिशील माध्यमिक विद्यालय द्वितीय र खाँडादेवी माध्यमिक विद्यालय तृतीय भए भने छात्रतर्फ प्रयागेश्वर माध्यमिक प्रथम, प्रगतिशील माध्यमिक द्वितीय र खाँडादेवी माध्यमिकले तृतीय स्थान हासिल गरेको पनि माझीले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल २०८२ माघ ५ गते हुने खाँडादेवी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष तेज घिसिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्