
सन्तोष ढुङ्गेल
रामेछाप– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामेछाप कमिटीको आयोजनामा तीनलाल कप अण्डर–२० कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी रामेछाप नगरपालिका–२ देउरालीले जितेको छ । जिल्ला समन्वय समितिको प्राङ्गणमा सोमवार भएको फाइनल खेलमा न्यु स्टार क्लब कुनौरीलाई २–० को सोझो सेटमा हराउँदै उपाधी हात पारेको हो । विजेता देउरालीले नगद ५० हजार रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो ।
यस्तै उपविजेता बनेको कुनौरीले ३० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । देउरालीका खेलाडी मन्दिप राई उत्कृष्ट खेलाडी घोषित भए । राईले उत्कृष्ट खेलाडीको पुरस्कार नगद ३ हजार समेत प्राप्त गरेका छन् ।
तीन लाल स्मृति कपमा १६ वटा टीमले सहभागीताको लागि नाम दर्ता गराएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष पुष्कर भट्टराईले जानकारी दिए ।
यसैगरी सेमिफाइनलसम्म पुग्ने प्रत्येक टिमलाई १०÷१० हजार रुपैयाँ नगद प्रदान गरिएको पनि आयोजकले जनाएको छ ।