
सन्तोष ढुङ्गेल
रामेछाप- जिल्लाको मन्थली नगरपालिकामा भएको तेस्रो मन्थली नगरकपको उपाधी वडा नम्बर ८ चिसापानीले जितेको छ । बुधवार जिल्ला समन्वय समितिको प्राङ्गणमा भएको फाइन खेलमा वडा नम्बर १० चनखुलाई ३–० को सोझो सेटमा हराउँदै उपाधी हात परेको हो । चिसापानीसँग पराजित भएको मन्थली नगरपालिका–१० चनखुले भने दोस्रो स्थानमा चित्त बुझाएको छ । यस्तै वडा नम्बर ७ ले तृतीय स्थान हाँसिल गरेको छ । वडा नम्बर ७ ले वडा नम्बर १४ फुलासीलाई हराउँदै तृतीय स्थान हाँसिल गरेको हो ।
यस्तै प्रथम महिला नगरकप भलिबलको उपाधी मन्थली नगरपालिका वडा नम्बर ७ भटौलीले जितेको छ । भटौलीले मन्थली नगरपालिका–१३ चनखुलाई ३–१ को सेटमा हराउँदै उपाधी जितेको हो । यसैगरी वडा नम्बर १३ द्वितीय भएको छ भने वडा नम्बर ६ भलुवाजोरले तृतीय स्थान हाँसिल गरेको छ । वडा नम्बर वडा नम्बर ८ का कुमार भुसाल उत्कृष्ट खेलाडी घोषित भएका छन् । पुरुष भलिबलतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ लाख, ७५ हाजर र ३० हजार तथा महिलातर्फ ५० हजार ३० हजार र २० हजार नगत सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छन् । उक्त पुरस्कार नगर प्रमुख लब श्रेष्ठले प्रदान गरेका थिए ।